उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका बिपन्न वर्गका लागि निःशुल्क स्वास्थ्य बीमा गरेको छ । आर्थिक अवस्था कमजोर भएको परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहयोग गर्न निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।
गोरखामा करेन्ट लगाएर अवैध रुपमा माछा मार्ने दुई जना पक्राउ परेका छन् । गोरखा नगरपालिका –१०, स्थित सिर्दिखोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला सोही ठाउँका १८ बर्षीय सञ्जय तामाङ र २८ बर्षका रञ्जित तामाङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकरी दिनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको शल्यक्रिया पश्चात् रक्तश्राव रोकिएको र स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
नेपाल पत्रकार महासङ्घका कन्द्रीय अध्यक्ष विपुल पोखरेलले अबको पत्रकारिता नागरिकलाई सकारात्मक काम र बाटोमा लाग्न अभिप्रेरित गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
मानव बेचविखनविरुद्धको १७ औं राष्ट्रिय दिवस कपिलबस्तुमा पनि मनाइएको छ । ‘सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचबिखनको निर्मुलन’ नाराका साथ सो दिवस मनाउँदै आज प्रभातफेरी गरिएको छ ।
मकवानपुरको मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमीका अवसरमा मेला लागेको छ।
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा–बेनी सडक स्तरोन्नतिको काम ठप्प भएपछि पर्वतबाट प्रतिनिधि सभाका सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले सडकको अनुगमन गर्नुभएको छ ।
पोखरेली गल्फर बलराम थापा भदौ अन्तिममा उपल्लो मुस्ताङ जाँदै हुनुहुन्छ । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा भदौ ३० बाट आयोजना गर्ने दोस्रो गल्फ च्यालेन्जमा सहभागी हुन उहाँ जान लाग्नुभएको हो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका –९ मा रहेको खोजीपुर सामुदायिक वनले फलफूल खेतीलाई प्राथमिकता दिएको छ । सामुदायिक वनले विपन्न समुदायको आर्थिक विकासमा टेवा पुगाउन पहिलो पटक फलफूलका बोट बिरुवा लगाइएको उपभोक्ता समितिका अध्यक्ष दिपककुमार थापाले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि, पर्यटन र उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेर सुदूरपश्चिम सरकारले सन्देश दिनेगरी काम गरिरहेको बताउनुभएको छ ।
नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलो पटक स्नातक तहमा आइटी विषय अध्ययनका लागि भर्ना सुरु गरेको छ ।
सैनिक हिरासतमा रहनु भएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उहाँका कान्छा छोराले लगाउनुभएको छ ।
कावासोतीका नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् । मौलिक संस्कृति र कला लोप हुँदै जान थालेपछि आफ्नो संस्कृति संरक्षण गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विविध कार्यक्रम सुरु गरेका हुन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया हुँदैछ । ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले खुकुरी प्रहारबाट घाइते हुनुभएका यादवको शल्यक्रिया भइरहेको जानकारी दिनुभयो ।
गुल्मीको एक सहकारीले महिलाहरूलाई सहकारी जागरण सिर्जना गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्ने भएको छ ।