नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति घेर निन्दा एवम् भर्त्सना व्यक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको जुम्ला भ्रमणपछि त्यहाँका बासिन्दा खुसी भएका छन् । मन्त्री बस्नेतले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रमण गरेर त्यहाँको स्वास्थ्य सेवा सुधारका क्षेत्रमा पहल कदमी गर्नुभएको छ ।
नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
महोत्तरी जिल्लाको विभिन्न ठाउँहरूमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ ।
वराहक्षेत्र नगरपालिकाको प्रकाशपुर र महेन्द्रनगरमा उच्चस्तरीय प्राविधिक टोलीले 'स्मार्ट सिटी' सम्भाव्यताको स्थलगत अध्ययनको काम सम्पन्न गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
हिन्दू धर्मावलम्बीको पवित्र चाड कृष्णाष्टमीको अवसर पारेर म्याग्दीको बेनीमा विद्यार्थीले भगवान् श्रीकृष्णको बाल रूपसहितको रथयात्रा निकालेका छन् ।
बिपी साहित्य महोत्सव–२०८० तयारी समितिमा थप ११ सदस्य मनोनीत हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ ।
शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको छ । भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा उहाँमाथि आक्रमण भएको हो ।
गुल्मीका विभिन्न स्थानमा ३४ हजारभन्दा बढी बिरुवा रोपिएको छ । गत असार १५ गतेदेखि हालसम्म जिल्लाका सामुदायिक वन क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रमा विभिन्न कार्यक्रम अन्तर्गत ३४ हजार ९०९ बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो ।
पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र सर्मथकले स्वागत गरेका थिए ।
नेपालगन्ज २० गायत्रीनगरकी ३८ वर्षीया मनकुमारी नेपालीको जन्मेदेखि नै दुवै खुट्टा कमजोर, सानो र नचल्ने हुँदा हिँडडुल गर्न सक्नु भएको छैन ।
नेपाल विद्युत प्राधिकरणले मुलुकका विभिन्न स्थानमा निर्माण गरेको ५१ विद्युतीय सवारी साधनको अत्याधुनिक द्रुत गतिको चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ ।