काठमाडौं, असार ९ गते। विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई मन्त्रिपरिषद्को सिफारिस अनुसार चीनका लागि राजदूत नियुक्त गर्नुभएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले राजदूत नियुक्त गर्नुभएको विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पठन संस्कृति बढाउन उपयुक्त माध्यमका रुपमा पुस्तकालयलाई विकास गर्दै लानुपर्ने बताउनुभएको छ।
राष्ट्रियसभाको बिहीबारको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गर्नुभएको हो।
सुदूरपश्चिम प्रदेशको लागि अन्न भण्डार मानिने तराईमा किसानले रोपाइँ सुरु गरेका छन् । रोपाइँका लागि पर्याप्त हुने पानी नपर्दा पनि अन्य उपाय गरी कैलाली, कञ्चनपुरका किसानले रोपाइँ सुरु गरेका हुन । यो प्रदेशमा अझै मनसुन आइपुगेको छैन । तर, ब्याड तयार भएपछि किसानले रोपाइँ गर्न थालेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोला गाउँपालिकाले ११ औं गाउँसभा तथा अधिवेशन आयोजना गर्दै आगामी आवको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकालले अहिले पनि नेपालमा दक्ष जनशक्ति नभएका कारण समस्या भइरहेको बताउनुभएको छ । दक्ष जनशक्ति उत्पादन गरेर स्वदेशमा रोजगार सिर्जना गर्न सकिने भन्दै उहाँले यसतर्फ तीनवटै तहको सरकार र नीजि क्षेत्रले साझेदार गर्नसक्ने बताउनुभयो ।
बागमती नगरपालिका –७, का कृष्णबहादुर मोक्तान राष्ट्रिय परिचयपत्रको फर्म भर्न ईलाका प्रशासन कार्यालय हरिवनमा लगातार तीन दिन धाउनुभयो । बिहान ४ बजे नै लाइनमा आएर बस्नुभएका मोक्तानको बिहीबार कार्यालय खुलेपछि मुस्किलले फर्म भर्ने पालो आयो ।
बिहीबार नेप्से परिसूचक ४५.२५ अङ्क घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०६ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अङ्कले घटेको छ ।
अर्जुन चौपारी गाउँपालिकाले आर्थिक बर्ष २०७९–८० का लागि ४४ करोड १८ लाख १९ हजार रुपियाँ बराबरको बजेट प्रस्ताब गरेको छ ।
बीमितहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रभाव गर्न सम्पूर्ण सेवा प्रदायक संस्थालाई स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ ।
नेपाल फिफा वरीयतामा आठ स्थान खस्किएको छ । विश्व फुटबल महासंघ (फिफा)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल आठ स्थान खस्किँदै एक सय ७६औं स्थानमा पुगेको हो । यसअघि नेपाल एक सय ६८औं स्थानमा थियो ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै छ ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा समेत अधिकांश उम्मेद्वारहरूले खर्च विवरण बुझाएका छैनन् । पाल्पाका दशवटा स्थानीय तहमा उम्मेद्वार बनेका एक हजार ७२ जनामध्ये चारसय १३ जनाले मात्रै खर्च विवरण जिल्ला निर्वाचन कार्यालय पाल्पामा बुझाएको सो कार्यालयले जनाएको छ ।