सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।
चीनले एसिया–प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका निम्ति अष्ट्रेलियासँग मिलेर काम गर्ने बताएको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलनका क्रममा आज (बिहीबार) आयोजित पूर्वी एसिया सहयोगसम्बन्धी बैठकअघि चिनियाँ चाहना सार्वजनिक भएको हो ।
साबिक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका –२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ ।
पश्चिम नवलपरासीका साहित्य सर्जक तथा समाजसेवी प्रेमचन्द्र गुप्ताको गीति एल्बम 'पशुपतिके जात्रा सिद्राके व्यापार' सार्वजनिक भएको छ । गीति एल्बमले मधेशका जनताको पीडा गीतमार्फत अभिव्यक्त गर्दै मधेशमा भएको विकृति र विसङ्गति उजागर गरिएको छ ।
काठमाडौं महानगरपालिकाले भदौ २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ ।
हिन्दु नारीको महान् चाड हरितालिका तिजलाई खर्चिलो र तडकभडक गरेर नमनाउन जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना प्रकाशन गरी आग्रह गरेको छ ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको एजेण्डा तय भइनसकेको बताउनुभएको छ ।
बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी पञ्चेश्वरकी एक युवती गम्भीर घाइते हुनुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको घटनालाई थामथुम पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
बालोन डी’ओर अवार्ड–२०२३ को लागि अन्तिम ३० खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले बुधबार राति सर्वाधिक सात पटकको अवार्ड विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीसहित ३० जनाको नाम सार्वजनिक गरेको हो ।
लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायले आफूहरूले पनि विवाह दर्ता गर्न पाउने भनी सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाएका छन् ।
पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ ।
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने छ ।