जोन्टा क्लब काठमाडौंले अन्तर्राष्ट्रिय महिला दिवस र यलो रोज डेको अवसरमा आर्थिक, सामाजिक र सांस्कृतिक उपलब्धिहरूको क्षेत्रमा काम गर्ने १२ महिलालाई सम्मान गरेको छ ।
नेपालले तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दुई स्वर्ण र दुई रजत पदक जितेको छ । श्रीलङ्काको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका लागि नौ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जित्नुभयो ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्तिको जगमा मात्रै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सम्भव रहेको बताउनुभएको छ । आइतबार शहीद दिवसमा आज विज्ञप्ति जारी गर्नुहुँदै उहाँले झापा विद्रोह नेपाली राजनीतिक इतिहासको महत्त्वपूर्ण परिघटना भएको बताउनुभयो ।
नेपाल प्रहरी र एभरेष्ट बैङ्क लिमिटेडबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैङ्क छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
कैलालीमा आइतबार नदीमा डुबेको अवस्थामा एक जना व्यक्तिको लास फेला परेको छ । घोडाघोडी नगरपालिका –११ सिसैया गाउँ नजिकै रहेको कान्द्रा नदीमा शनिबारदेखि हराइरहेको व्यक्तिको लास आज फेला परेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई महिला विमानचालक (पाइलट)ले पहिलो अन्तर्राष्ट्रिय उडान गरेका छन् ।
देशको सङ्घीय राजधानी काठमाडौं बाहिर पहिलो पटक नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा अत्याधुनिक सुविधासहितको लेभल ३ आइसियु सेवा सुरु भएको छ । सो सेवा काठमाडौंका तीन वटा मात्र निजी अस्पतालमा रहेको जनाउँदै काठमाडौं बाहिर नेपालगञ्जमा पहिलो पटक सञ्चालनमा ल्याइएको वेष्टर्न अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले बताउनुभयो ।
सातदोबाटो यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले हरायो ।
चीनले यो वर्षको आर्थिक वृद्धिको लक्ष्य पाँच प्रतिशत निर्धारण गरेको छ । अर्थतन्त्रको पुनरुत्थान गर्दै उपभोक्तालाई राहत दिने विषयलाई अर्थतन्त्रको केन्द्रमा राखिएको छ ।
चैत २४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रसाद २’को ट्रेलर सार्वजनिक भएको छ । सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्मले राजनीतिक र सामाजिक कथालाई उठान गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आठ दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बालुवाटारमा आठ दलको बैठक सुरु भएको जानकारी दिनुभयो ।
भोजपुर र धनकुटा जोड्ने अरुण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिदा सवारी साधन आवतजावत प्रभावित भएको छ ।
नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।
नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यमा बीचमा अवरोध भएको बताउनुभएको छ।
मध्यपश्चिम विश्वविद्यालय (मवि) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा तीन ठूला विद्यार्थी सङ्गठनले तालमेल गरेका छन् ।