कपिलवस्तु शिवराज नगरपालिका–११ जालिमवगियाका जीवन आचार्य २०७४ सालमा वैदेशिक रोजगारीको लागि कतार पुग्नुभएको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त हुनुभएको छ । बिहीबार सर्वोच्च अदालतले उहाँलाई पदमुक्त गर्दै ४८ घण्टाभित्र नयाँ सरकार बनाउन प्रदेश प्रमुखलाई सर्वोच्च अदालतले परमादेश दिएको छ ।
प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन् । हेटौँडामा प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
बिहीबार दिउँसो पोखरा-२४ कास्कीकोटको भारदारी चौतारीमा मानिस जम्मा हुन थाले। घर घरबाट दही ल्याएर भाडामा राखे। जम्मा भएर भजनकीर्तन थाले। कोही श्रीकृष्ण बने, कोही राधा।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाइ भएन । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पीडित किशोरीको जन्मदर्ता र बसाइँको सम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मावि तहको शिक्षा स्थानीय तहसँग र उच्च शिक्षा सङ्घीय सरकारको मातहत भएकाले प्रदेश सरकारले शिक्षा क्षेत्रमा काम गर्ने वातावरण नभएको बताउनुभएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा दुर्घटनामा परी बिहीबार दिउँसो ४ः१५ बजे एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सरकारले निजामती सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रबहादुर सिंहले आत्महत्याका घटनाहरू दिनानुदिन बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।
तनहुँस्थित सरकारी अस्पतालमा डेंगु परीक्षण गर्ने किटको अभाव भएको छ । गण्डकी प्रदेश सरकारले पर्याप्त मात्रामा किट नपठाएकोले अभाव भएको अस्पतालले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारको विकल्प नभएको बताउनुभएको छ ।
इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट भारत लैजाँदै गरेका पाँच जना नेपाली महिलाको उद्धार गरिएको छ । देशका विभिन्न स्थानका पाँच जना महिलालाई कामको प्रलोभन देखाई बेचबिखनका लागि लैजाँदै गर्दा पशुपतिनगरको निगरानी टोलीले महिलाको उद्धार गरेको हो ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउनका लागि संसदबाट नै सकारात्मक बहस गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।
नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ ।
जिल्ला अस्पताल मुगुले बिरामीलाई सेवा दिन आवश्यक पूर्वाधार नभएको भन्दै सहयोगका लागि अपिल गरेको छ । सेवाग्राहीलाई अस्पतालमा पिउने पानीदेखि सरसफाइमा सास्ती हुँदा जिल्ला अस्पताल विकास समितिले जिल्लाका दातासँग पूर्वाधार निर्माणका लागि सहयोग मागेको हो ।