कलङ्की–वसुन्धरा चक्रपथ विस्तारका लागि सामाखुसी क्षेत्रमा ‘सर्भिस ट्रयाक’ निर्माण तीव्र बनाइएको छ । चक्रपथ विस्तारका लागि चक्रपथ सुधार योजनाले निर्माण कार्य सुरुवात गरेको हो । ६ मिटर चौडाइमा बन्ने ‘ट्रयाक’को कुल लम्बाई ८.२ किलोमिटर छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले कानुन नहुँदा प्रदेश सरकारले जनअपेक्षाका अधिकांश काम गर्न नपाएको बताउनुभएको छ ।
तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी क्लिनिकमा भिडभाड लागेको छ।
जनकपुरका पवन ठाकुरले विगत ४० वर्षदेखि सुनचाँदीको व्यापार गर्दै आउनुभएको छ । कुनै बेला उहाँको न्यू महालक्ष्मी ज्वेलर्समा ग्राहक भीड थामी नसक्नु हुन्थ्यो । दैनिक रु १०/१२ लाखसम्मको व्यापार गर्न कुनै पर्व वा विवाहोत्सव पर्खिनु पर्दैनथ्यो ।
कालीकोटको खाँडाचक्र नगरपालिका –१० की एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । स्वास्थ्य चौकी पाखामा सुत्केरी भएकी बर्ष २० की बिमला गोरालको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समयतालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका –१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आजबाट अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सव मनाउँदै बुधबारबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरिएको अस्पतालले जनाएको हो ।
मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको थियो ।
कपिलवस्तुमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । कृष्णनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव बेचबिखन विरुद्ध अभियान चलाउने सङ्घ संस्थाको सहभागितामा सचेतनामूलक र्याली गर्दै दिवस मनाइएको छ ।
शय्या विस्तार गरिएपनि गुर्भाकोट नगरपालिकास्थित मेहेलकुना अस्पतालको भौतिक पूर्वाधारमा सुधार हुन सकेको छैन । पूर्वाधार अभाव हुँदा दैनिक सेवा प्रवाह गर्न समस्या भइरहेको अस्पतालका प्रमुख डा. सोजन सापकोटा बताउनुहुन्छ ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ
पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताल बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलो पटक रक्तसञ्चार सेवा केन्द्र स्थापना गरिएको छ ।
जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ ।