• ३० वैशाख २०८२, मङ्गलबार

आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस

blog

कृष्णनगरमा १७औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाइँदै । तस्बिर : जानु पाण्डे ।

जानु पाण्डे

कपिलवस्तु, भदौ २० गते । कपिलवस्तुमा १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस मनाइएको छ । कृष्णनगर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव बेचबिखन विरुद्ध अभियान चलाउने सङ्घ संस्थाको सहभागितामा सचेतनामूलक र्‍याली गर्दै दिवस मनाइएको छ । 

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले भारत वा अन्य देशमा नेपालबाट महिला र बालबालिका बेचबिखन हुने गरेको बताउनुभयो । उहाँले सचेतनाको अभावले गर्दा विपन्न समुदाय बेचबिखनबाट प्रभावित हुने बताउनुभयो । कृष्णनगर नाकामा शान्ति पुनर्स्थापना गृह, आफन्त नेपाल, साना हातहरू नाम गरेका संस्थाले बेचबिखन रोकथामका लागि काम गर्दै आएको बताइएको छ । 

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको जानकारी कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले जानकारी दिनुभयो । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भाद्र २० गते देखि राष्ट्रिय दिवसको रूपमा मनाइएको छ ।