नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ ।
मलेसियामा जारी आइसिसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको खेल वर्षाको कारण रद्द भएको छ ।
अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ । मङ्गलबार साँझ काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको निधन भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मिना शाहीको निधन भएको हो ।
बाढीले बगाएको मुढो कहाँ पुग्छ र उँभो
पिता पुर्खाले भन्थे दुष्टको अनुहार नै नहेर्नू दुष्ट अनुहारको राक्षसी हाउभा
नेकपा (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गर्नुभएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २० गते । नेपाली पाठकमाझ चिनियाँ साहित्य तथा संस्कृतिसम्बन्धी विशेष जानकारी दिने पुस्तक ‘चिनियाँ साहित्यको वर्तमान अवस्था’ लोकार्पण गरिएको छ । अरनिको समाजद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत छेन सोङ र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले डा. सर्वोत्तम श्रेष्ठले अनुवाद गर्नुभएको सो पुस्तक लोकार्पण गर्नुभएको हो । रेन्मङले सम्पादन गर्नुभएको पुस्तकमा समकालीन चिनियाँ साहित्यसम्बन्धी समालोचनात्मक लेखहरूको सङ्ग्रह रहेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले डा. सर्वोत्तम श्रेष्ठले चिनियाँ भाषाबाट नेपाली भाषामा अनुवाद गर्नुभएको पुस्तकको माध्यमबाट चीनको साहित्य, संस्कृतिबारे बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि विभिन्न विभागमध्ये अनुवाद विभागसमेत रहेको र सो विभागमार्फत कम्तीमा छिमेकी राष्ट्रको साहित्य, संस्कृतिबारे लेखिएका पुस्तकको अनुवाद गरी नेपाली लेखक-पाठकमाझ ल्याउने काम जारी रहेको बताउनुभयो । संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीको अरनिको पुस्तकलाई चिनियाँ भाषामा अनुवाद गर्ने योजना रहेको र अन्य चिनियाँ भाषाको पुस्तक नेपाली भाषामा अुनवाद गर्न डा. सर्वोत्तम श्रेष्ठलाई प्रतिष्ठानसँग सहकार्य गर्न पनि उहाँले आग्रह गर्नुभयो । नेपालका लागि चीनका राजदूत छेन सोङले रेसम मार्गमार्फत नेपालसँग चीनको व्यापारिक सम्बन्ध स्थापना भएको लामो इतिहास रहेकोमा अब दुई देशको साहित्य, संस्कृतिमार्फत पनि सम्बन्ध बलियो बनाउने अवसर रहेको बताउनुभयो । उहाँले विगत केही वर्षदेखि नेपाली र चिनियाँ साहित्यकारबिच साहित्यिक र सांस्कृतिक भ्रमण पनि जारी रहेको र अरनिको समाजले यसअघि पनि चिनियाँ साहित्यको अनुवादसहित प्रकाशित भइसकेकाले साहित्यिक क्षेत्रबाट नेपाल र चीनबिचको सम्बन्ध नजिक बन्दै गएको स्पष्ट पार्नुभयो । अरनिको समाजका कार्यवाहक अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले योसहित आधा दर्जन चिनियाँ भाषाको पुस्तकको नेपाली भाषामा अनुवाद गरिसक्नुभएको छ । साहित्यकार ÷समालोचकद्वय अगिव बनेपाली र बच्चु भट्टराईले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।
नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
पर्वतको जलजला गाउँपालिकाले विद्यालय सुधारका लागि वार्षिक कार्ययोजना बनाएर काम थालेको छ । वार्षिक कार्ययोजना अनुरूप विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरी शिक्षा क्षेत्र सुधार योजना बनाएको हो ।
जबरजस्ती करणी गरेको अभियोगमा हेटौँडाका एक निजी अस्पतालका सञ्चालक समेत रहेका डा. बसिम राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्राकृतिक कुचीकार भनेर चिनिने पन्छी गिद्धको बासस्थान लोप हुँदै गएको छ । जिल्लाको विभिन्न स्थानमा लामो समयदेखि गिद्धले गुँड (बासस्थान) बनाएका ठुला र अग्ला रुख मासिँदा गिद्ध नै लोप हुने हो कि भन्ने चिन्ता बढेको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले नागरिकका व्यक्तिगत घटना दर्ता घरैबाट गर्न सक्ने गरी व्यवस्था मिलाएको छ । गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ देखि गाउँपालिकाभित्रका सबै नागरिकले घरमै बसेर अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता गर्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो ।
मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।