• २१ वैशाख २०८१, शुक्रबार

बाढीको मुढो (कविता)

blog

बाढीले बगाएको मुढो 

कहाँ पुग्छ र उँभो 

बग्छ, उँधै उँधो

समय सँगसँगै सधैँ

ठोक्किँदै रोकिँदै

चोइटिँदै टुव्रिदै


न बौरिन सक्छ

न पौडिन सक्छ

घुमिरहन्छ फनफनी–भुँमरीहरूमा 


मूच्र्छा परेर त होला नि 

लडिरहेछ, मुढो

राख्दैन नदीले पनि 


सधैँ अँगालोमा 

बाँडिन्छ, नदी पनि 

जब भँगालोमा

लडिरहेछ, मुढो


देखे लैजालान्, कसैले उठाएर 

राख्ला, मूर्ति नै बनाएर 

काटला, कसैले बगरमै

राख्ला, दाउरा बनाएर 

नदेखे कसैले, सायद

कुहिने छ ऊ बगरमै 

माटोबाटै उम्रिएको ऊ

फेरि माटै हुने छ 

भविष्य अनिश्चित छ

वर्तमान जस्तै

भोलि नजाने, के हुन्छ ? के हुन्छ ? 

कस्ले भन्न सक्छ ? 

लडिरहेछ, मुढो 

सायद जीवनको यात्रा

अझै बाँकी छ  

हाल : अमेरिका