• २० असोज २०८१, आइतबार

राष्ट्रपति पौडेल कृष्ण मन्दिरमा

blog

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिरः सागर बस्नेत

ललितपुर, भदौ २० गते । राष्ट्रपति रामचन्द्र पौडेल ललितपुरको पाटनस्थित कृष्ण मन्दिर पुग्नुभएको छ । 

राष्ट्रपति पौडेल कृष्ण जन्माष्टमीको उपलक्ष्यमा मन्दिर दर्शनका लागि बुधबार दिउँसो पाटन पुग्नुभएको हो । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले स्वागत गर्नुभएको छ । 

कृष्ण जन्माष्टमीमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको भिड लागेको छ ।