• १ जेठ २०८२, बिहिबार

मकवानपुरगढी दरबार परिसरमा मेला

blog

मकवानपुरको मकवानपुरगढी गाउँपालिका २ स्थित गढी दरबार परिसरमा बुधबार लागेको कृष्ण जन्माष्टमीको मेला।

राममणि दाहाल

हेटौँडा, भदौ २० गते। मकवानपुरको मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमीका अवसरमा मेला लागेको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरबार परिसरमा रहेको वंश गोपाल मन्दिरमा पूजाआजाका लागि बुधबार बिहानैबाट भक्तजनको घुँइचो लागेको थियो। 

वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रिनले कृष्ण जन्माष्टमीका अवसरमा बिहानैबाट दरबार किल्ला परिसरमा पूजाआजा, भजन कीर्तन र नाचगानका लागि भक्तजनहरु आएको जानकारी दिनुभयो। 

मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो एकादशी, तीज, फागू पूर्णिमालगायत पर्वहरुमा जात्रा लाग्दै आए पनि विशेषत कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको बढी भीड लाग्ने गरेको छ। मेलालाई लक्षित गरेर वडा कार्यालयको अगुवाईमा एक साताअघिबाट दरबार परिसरमा सरसफाइ गरेर दरवार परिसरलाई चिटिक्क बनाइएको थियो। 

पछिल्लो समय गढी दरबारको रेखदेख र संरक्षणको कार्यको जिम्मा वडा नम्बर २ कार्यालयले गर्दै आएको छ।