राज्यले प्रदान गर्ने सेवा–सुविधा डिजिटल माध्यमबाट नागरिकले छिटो, छरितो समय–स्रोत बचत हुने गरी प्राप्त गर्न सक्नुलाई डिजिटल सेवा प्रवाहका रूपमा लिन सकिन्छ। विद्युतीय शासनलाई सुशासनको खम्बा मानिन्छ। नेपालमा सरकारी कामकाजलाई ‘डिजिटलाइजेसन’ गर्ने लहर चलेको छ। सरकारले डिजिटल नेपालको अवधारणालाई अगाडि सारेको छ। चिठीपत्र आदानप्रदानदेखि, जग्गाको मोठ भिडाउने, अनलाइन बैङ्किङ कारोबार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यापार, यातायातलगायत क्षेत्रलाई सूचना–प्रविधिसँग जोड्दै कागजरहित अनलाइन सेवा प्रवाहमा रूपान्तरण हुनु नै वास्तवमा डिजिटलाइजेसन हो।
कुनै कलाकृतिलाई पुस्तक वा फोटामा हेर्नु र कुनै आर्ट ग्यालरी वा म्युजियममा साक्षात् दर्शन गर्नुमा आनका तान फरक हुने रहेछ ! म्युजे डु लुभ्र अर्थात् लुभ्र म्युजियमभित्र पूरा दुई दिन घुम्दा उपर्युक्त कुरा चरितार्थ भयो ।
आजका विकसित देशले सामाजिक, आर्थिक, वैज्ञानिक, राजनीतिकलगायतका क्षेत्रको विकासको आधार शिक्षालाई बनाए। सबैलाई शिक्षा अनिवार्य बनाए। शिक्षालाई गुणस्तरीय, व्यावहारिक र वैज्ञानिक बनाए। देशका शिक्षालयबाट हरेक क्षेत्रमा आवश्यक अब्बल जनशक्ति उत्पादन गरे। दक्ष जनशक्तिको ज्ञान र सीपको उपयोग गरी देश विकास गरे। परन्तु हाम्रो देशको सन्दर्भमा भने अझै पनि एक तिहाइ जनसङ्ख्या शिक्षाबाट वञ्चित भएको तथ्याङ्क छ। लाखौँ सङ्ख्यामा विद्यालय उमेर समूहका बालबालिका पाठशाला भर्ना हुन पाएका छैनन्।
पछिल्लो समय सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन गर्ने हेतुले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । यससँगै ‘स्रोत नखुलेको सम्पत्ति वा अवैध रूपले आर्जित सम्पत्तिको कर तिरेपछि त्यसलाई नियमित गर्न पाउने हो कि’ भन्ने विषयात्मक अन्योल चर्चाको सतहमा आएको छ। सन् २००८ देखि २०१४ सम्म (अवैध रूपले आर्जित सम्पत्तिको शुद्धीकरणलाई निरुत्साहित गर्दै विश्व आतङ्कवादमा हुने लगानीविरुद्ध पहरेदारी गर्ने विचारका साथ स्थापित) अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परिसकेको नेपालले सम्पत्ति शुद्धीकरणको विषयमा हासिल गरेका उपलब्धि र दुर्गतिसम्बन्धमा ‘फाइनान्सियल एक्सन टास्क फोर्स’को ‘एसिया प्यासिफिक ग्रुप’ले अध्ययन गरिरहेको छ।
कीर्तिपुर माध्यमिक विद्यालय त्यसबेला बाघभैरव मन्दिरको परिसरमा थियो । परिसरमा पश्चिम मोहडाका केही भवनहरू छन् । प्रवेशद्वारबाट छिर्नासाथ बायाँ आउने घर त्यहीँ रेखदेख गर्नेहरू बस्छन् ।
बैतडीका अधिकांश गाउँमा रङ्गको पर्व होली खेलिए पनि बैतडीको गाल्लेक गाउँमा सदियौँदेखि होली खेलिदैंन । ग्वाल्लेक केदार धामको ‘ओलो’ (देवताको इच्छा) का कारण दशरथ चन्द नगरपालिका–९, ग्वाल्लेकमा होली खेल्ने परम्परा छैन ।
‘समान हिस्सेदारी आत्मसात्’ भन्ने नाराका साथ भोलि विश्वव्यापी रूपमा ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको आवाज हो। सन् १९०८ मा संयुक्त राज्य अमेरिकास्थित न्युयोर्क सहरका कपडा कारखानामा काम गर्ने महिला मजदुरले पुरुषसरह ज्याला पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको स्मरणमा महिला दिवसको सुरुवात भएको हो। सन् १९११ देखि अन्य देशका अधिकारवादी महिलाले पनि निरन्तर ८ मार्चका दिन महिला दिवस मनाउँदै आएका छन्। यद्यपि यस दिवसलाई संयुक्त राष्ट्रसङ्घले आधिकारिक मान्यता दिएको सन् १९७५ देखि हो।
सिन्धुली जिल्लाको कमला नदीमा मात्रै करिब ४० किलोमिटर बहाव क्षेत्रमा छवटा पक्की पुल निर्माण भई सञ्चालनमा आएका छन् भने एउटा निर्माणाधीन अवस्थामा छ। एक दशकको अवधिमा कमला नदीमा करोडौँ रुपियाँको लागतमा निर्माण भएका पक्की पुलैपुल देख्दा स्थानीय कमलाखुँजवासी दङ्ग परेका दुधौली नगरपालिका–२ निवासी हेम अधिकारी बताउनुहुन्छ। उहाँले भन्नुभयो, “कमला नदीमा पक्की पुल त के! झोलुङ्गे पुलसमेत नहुँदा बर्सेनि यस क्षेत्रका
ऐतिहासक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण बागलुङको पर्यटकीय क्षेत्र हाँडीकोटको विकासमा स्थानीय सक्रिय भएका छन्। तत्कालीन बाइसे/चौबिसे राज्यकालीन ऐतिहासिक संरचनाका भग्नावशेष, मन्दिरहरू र हाँडीकोटबाट देखिने हिमशृङ्खलालगायतका प्राकृतिक सौन्दर्यको प्रचारप्रसारमा स्थानीयवासी जागरुक भएका हुन्।
स्वास्थ्य बीमा कार्यक्रम दाङका दसवटै पालिकामा सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण समस्या परेका कुनै पनि नागरिकलाई उपचार गर्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ तर बीमा गर्नेहरूको सङ्ख्या भने बढ्न सकेको छैन। यहाँका दसवटै पालिकामा ३२ हजार आठ सय नागरिकले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले जानकारी दिनुभएको छ।
कुनै सरकारी कार्यालयमा काम गर्ने कर्मचारी कति वर्षको होला ? तपाईंलाई लाग्न सक्छ बढीमा ५८, ६० वर्ष तर पाल्पाको एक सरकारी कार्यालय मातहत काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि अवकाश पाउन सकेका छैनन्। पाल्पाको अतिरिक्त हुलाक कार्यालयमा काम गर्ने दुई जना कर्मचारी ८० वर्षको उमेरमा पनि कार्यालयको काममा सक्रिय रहेका छन्।
रूपा चिकित्सा सेवा अवार्ड वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई प्रदान गरिएको छ । एक लाख रुपियाँसहितको उक्त अवार्ड नेपाल चिकित्सक सङ्घले आयोजना गरेको २९औँ अल नेपाल मेडिकल सम्मेलनमा डा. रिजाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपाल चिकित्सक सङ्घले रूपा फाउन्डेसनसँग गरेको सम्झौताअनुसार यो वर्ष डा. रिजाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रूपमा मनाइने फागुपर्व सोमबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाएका छन् । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्षित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक थियो । होलीका परम्परागत लोकभाका र गीतसङ्गीतसँगै नाच्दै होली पर्व मनाइएको थियो । फागु विजयको हर्षोल्लासका रूपमा एक–आपसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफैँभित्र हराउने पर्व तथा तनमन रङ्ग्याउने पर्वका रूपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकआपसमा अबिर दलेर टोलछिमेक परिक्रमा गरी मनाउने गर्दछन् ।
फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भनेर कम्युनिस्टले भन्दै आएको ‘झापा विद्रोह’ भएको ५० वर्ष पुगेको छ। २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहमा पाँच जना शहीद बन्नुभएको थियो। झापा र इलामको सङ्गमस्थल माई नगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवालाई पञ्चायती शासकले गोली हानी हत्या गरेको दिन ५० वर्ष पुगेको हो। रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा प्रहरीले गोली हानी हत्या गरेको थियो।