• १ जेठ २०८२, बिहिबार

ट्रक ,ट्रक ठोकिँदा एकको मृत्यु

blog

वसन्त पराजुली

भरतपुर, भदौ २३ गते । पूर्व पश्चिम राजमार्गको झुरझुरेमा शनिवार  बिहान ०६ः२५ बजे दुर्घटना  हुँदा एकको मृत्यु भएको छ । 

जिल्ला  प्रहरी कार्यालय चितवनका अनुसार  राप्ती नपा. ३ झुरझुरेस्थित  वासुकि पेट्रोल पम्प अगाडि पूर्वपश्चिम राजमार्गमा भण्डाराबाट पूर्वतर्फ जाँदै गरेको प्र.२.३.००२ ख ५६०९ नम्बरको ट्रक र  विपरीत  दिशातर्फ आउँदै गरेको ना ३ ख ५४८८ न. को ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना  भएको हो । 

चितवनका प्रहरी नायब उपरीक्ष विजय पण्डितका अनुसार दुर्घटनामा मृत्यु  ना.३.ख ५४८८ को ट्रक चालक  जिल्ला नवलपुर गैँडाकोट १ बस्ने  वर्ष   ४२ को प्रकाश कुँवर छन् । 

टाउको,शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर घाइते भई  पुरानो मेडिकल कलेजमा उपचारको क्रममा ०७ः१५ बजे मृत भएको प्रहरीले जनाएको छ । 

यस्तै दुर्घटनामा घाइते हुने   बौधिमाई २ बस्ने वर्ष १८ को रबिनकुमार यादव र  बारा निजगढ ४ बस्ने वर्ष २८ को निकेश राउत कुर्मीको अहिले चितवनमै उपचार भइरहेको छ । 

यादवको अवस्था गम्भीर रहेको बताइन्छ ।