• ६ जेठ २०८१, आइतबार

भारतको दिल्लीमा जी २० सम्मेलन सुरु

blog

भारतको दिल्लीमा सुरु भएको जि २० सम्मेलन ।

नयाँदिल्ली, भदौ २३ गते । भारतको दिल्लीमा आजबाट जी २० सम्मेलन सुरु भएको छ । जी २० सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखको उपस्थिति रहेको छ ।

जी २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी दुई दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरू एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरू एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् । जी २० मा १९ देश र एउटा युरोपियन सङ्घ आबद्ध छन् ।

अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।

सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० देशका अन्य सदस्यहरूलाई स्वागत गर्नुभएको छ । साथै उहाँले जी २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

त्यस्तै उहाँले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरूलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।