ताप्लेजुङको मैवाखोला गाउँपालिकामा आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण आयोजना गरिएको छ । हाल देशभर आँखा पाक्ने रोगले नागरिकलाई सताइरहेका बेला मैवाखोला गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागितामा अभिमुखीकरण आयोजना गरिएको हो ।
बालबालिकाका सबै समस्या बुझेर काम गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकामा बालबालिकासँग नगर प्रमुख कार्यक्रम सुरु गरिएको छ ।
जिल्ला अदालत काठमाडौँले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताउनु भएको छ ।
पूर्वी नवलपरासीमा त्रिवर्षीय रूपमा हेर्दा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएपनि वर्तमान अवस्थामा घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ। समाज आधुनिकीकरणतर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ ।
सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु हटाएर आइतबार बिहानबाट निषेधाज्ञा जारी गरिएको छ । शनिबार बेलुका ५ बजेदेखि जारी गरिएको कर्फ्यु हटाएर आइतबार बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाउनुभएको छ।
पश्चिम म्याग्दीको जनप्रिय माध्यमिक विद्यालय दरवाङ र बेनीको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय म्याग्दीको बेनीमा शनिबारदेखि जारी अन्तर माध्यमिक विद्यालय स्तरीय खुला महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
इलामको माईजोगमाई गाउँपालिकामा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेललाई हाजिर गर्न रोक लगाइएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पूर्व न्यायाधीशको योग्यता र अनुभवको लाभ राष्ट्र र समाजले लिन सक्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी खेलाडी कोको गौफ युएस ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फको उपाधि जित्नुभएको छ ।
जननायक बिपी कोइरालाको ११५ औँ जयन्ती विभिन्न कार्यक्रमका साथ पाल्पामा मनाइएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति र मातहतका विभिन्न निकायले जयन्तीको अवसरमा कार्यक्रम गरेका छन् ।
११औँ कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो तेक्वान्दो प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहौललाई खलबल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिनुभएको छ ।
जिल्लाको सरकारी अस्पताल गोरखा अस्पतालमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले दिने स्वास्थ्य सेवामा क्रमिक सुधार हुँदा स्वास्थ्य सेवा लिनेको सङ्ख्या वृद्धि भएको हो ।