बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ।
सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा महोत्तरी प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सोच्दा सोच्दै बिर्सने पनि क्षणहरू हुन्छन् जिन्दगीमा
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङको जनप्रिय माध्यमिक विद्यालयले दोस्रो दोभान कप खुल्ला छात्रा फुटबलको उपाधि हात पारेको छ । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसके पछि टाई ब्रेकरमा धकेलिएको खेलमा दरबाङकी गोलरक्षक अस्मिता परियारले उत्कृष्ट खेल प्रदर्शन गर्दा उपाधि हात पारेको हो ।
पश्चिम नेपालका अधिकांश युवाहरू भारतमा रोजगारीका लागि जाने गर्छन् तर बाजुरा बूढी गङ्गा नगरपालिका वडा नं –४ साउँ बाडाका कृष्णबहादुर खाती भने गाउँमै एउटा उदाहरणीय पात्र बनेका छन् ।
अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठुलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीको विकल्प खोज्ने विषयमा कुरा उठ्न थालेको छ । राजधानी बनाउन गोदावरीमा जग्गा प्राप्त गर्न नसकेपछि त्यसको विकल्प खोज्ने कुरा उठेको हो । २०७५ असोज १२ गते प्रदेश सभाबाट दुई तिहाइ बहुमतले प्रदेश राजधानी र नाम टुङ्गो लगाइएको थियो । सदनको बहुमतले कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने तेघरीस्थित वन क्षेत्रमा राजधानी बनाउने टुङ्गो लगाएको हो ।
मासिक २५ रुपियाँबाट बचत सुरु गरेको महिला सहकारीमा तीन करोड रुपियाँ जम्मा भएपछि सहकारीको हैसियत बैङ्कभन्दा कम छैन । सहकारीले महिलालाई बिनाधितो करोडौँ रुपियाँ ऋण लगानीसमेत गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–४, शाहीलेकस्थित जगन्नाथ महिला बचत तथा ऋण सहकारी संस्थामा छ सयभन्दा बढी महिला बचतकर्ता रहेका छन् । २०५४ सालमा स्थानीय ५४ जना महिलाले मासिक २५ रुपियाँबाट बचत सुरु गरेको सहकारी संस्था महिलाको आफ्नै बैङ्क बन्न पुगेको छ । झोलामा बचत र पासबुक बोकेर लामो समय सञ्चालन भएको सहकारीले अहिले आफ्नै दुईतले भवनसमेत ठड्याएको छ ।
रुकुमपश्चिमका युवाले चौतारी संरक्षणमा जोड दिएका छन्। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, लामिछानेगाउँका युवाले वरपिपल चौतारी निर्माण गरेर यस कार्यको सुरुवात गरेका छन्। युवाले स्थानीयको समन्वयमा जनश्रममार्फत सार्वजनिक स्थानमा रहेको वरपिपलमा चौतारी बनाएका हुन्।
सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् । धनगढीमाई नगरपालिका–
सांसद छिरिङ डम्डुल लामाले कर्मचारीले जनताको हितमा आफ्ना कार्यलाई समर्पित गर्नुपर्ने बताउनुभयो। सांसद लामाले जिल्लामा विकासे काम सन्तोषजनक नदेखिएको चर्चा गर्दै छिटोछरितो र गुणस्तरीय काममा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले दुर्गममा कार्यरत कर्मचारीका लागि सरकारले दुर्गम भत्तासमेतको व्यवस्था गरेकाले दुर्गमका जनताको सेवालाई कर्मचारीले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले काम गर्ने सिलसिलामा आउने बाधा, अवरोध र समस्याका बारेमा प्रत्यक्ष रूपमा आफूलाई सम्पर्क गर्न कर्मचारीलाई आग्रहसमेत गर्नुभयो। उहाँले भन्नुभयो, “जिल्लाका समस्या आफूलाई जानकारी भए संसद्मा बोल्न र सरकारको ध्यानाकर्षण गराउन पाउने छु।”
कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा भाडाको घरबाट एक वर्षदेखि सञ्चालन भइरहेको छ। मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ। प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीका अनुसार भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगन्जमा स्टोर गर्ने गरिएको हो। भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रदेशका मुख्य न्यायाधिवक्ता ज्ञानेन्द्र नेपालले आइतबार वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । सो प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा बागमती प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले सम्पादन गरेका कामको विवरण समेटिएको छ ।