राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उहाँको जन्मगाउँ तनहुँको व्यास नगरपालिका –८ रिस्ती, बाहुनपोखराका बासिन्दा हर्षित छन् । स्थानीयबासी, नेता तथा कार्यकर्ताहरु एकअर्कामा भेटघाट गरेर, टेलिफोन संवाद, विजयीको शुभकामना दिन व्यस्त छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई गिरफ्तार गरेको छ । छ सय एक एम्पुल लागुऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको जानकारी गराएको छ ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा आज दर्ता गरेको छ ।
नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ।
काठमाडौं, फागुन २५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका काम दुई वर्षभित्र सम्पन्न गरिसक्ने बताउनुभएको छ। बिहीबार राष्ट्रपति निर्वाचनमा मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुग्नुभएका मन्त्री शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी रहेका काम दुई वर्षभित्र सम्पन्न गरिसक्ने बताउनुभएको हो। उहाँले सरकारले संसदमा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगको अवधि नै दुई वर्षका लागि तोकिएको जानकारी दिनुभयो। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, ‘‘आगामी ५ गते संसदको बैठक बोलाइएको छ। दर्ता गरिसके पछाडि पाँच दिन परिपक्व हुन समय लाग्ने भएको हुनाले आजको मन्त्रिपरिषद् बैठकबाट यो महत्वपूर्ण विधेयकलाई हामीले संसदमा दर्ता गर्ने निर्णय गरेका हौँ। हामी के भन्न चाहन्छौँ भने शान्ति प्रक्रियाको समग्र विषय यो विधेयक अनुसार जे व्यवस्था गरिएका छन्। ती व्यवस्था कार्यान्वयन भएर र सबै बेपत्ता भएका व्यक्ति, तत्कालीन युद्धको समयमा भएका द्वन्द्वका घाउ सबै मेटाउने प्रक्रियाबाट यो कार्यक्रम अगाडि बढाउनुपर्छ। यसमा हामीले अहिले के भनेका छौँ भने यसलाई अनन्तकालसम्म होइन। यो विधेयक छिट्टै पास हुन्छ। तर यसको कामको प्रकृति दुई वर्षभित्र सबै सक्ने भन्ने हिसाबले हामीले आयोगको अवधि नै दुई वर्ष तोकेर गएका छौँ। त्यसकारण यसबाट पैदा भएका धेरै समस्याको सम्पूर्ण रुपले समाधान होस्। मुलरुपमा शान्ति प्रक्रिया, विस्तृत शान्ति सम्झौता भएको छ। त्यो सम्पूर्ण रुपले टुंगियोस् भन्ने अपेक्षाका साथ आज यो दर्ता गरिएको छ।’’विधेयक पास भएर मात्रै नहुने भन्दै उहाँले आवश्यक काम पनि समयमै सक्नुपर्ने बताउनुभयो। उहाँले द्वन्द्वले निम्त्याएका समस्याको पूर्ण रुपले समाधान गर्नका लागि विधेयक दर्ता भएको उल्लेख गर्नुभयो। उहाँले सरकार यस विषयलाई छिटोभन्दा छिटो टुंग्याउनका लागि प्राथमिकता दिएर काम गरिरहेको स्पष्ट पार्नुभयो।उहाँले थप भन्नुभयो, ‘‘आजको दिनसम्म हाम्रो सबै मेलमिलापदेखि लिएर सबै समाज एक ढंगले अगाडि बढ्नुपर्नेमा अझै पनि द्वन्द्वका अवशेष रहिरहने जुन अवस्था बनेको छ, त्यसकारणले यसलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्छ भनेर सरकार गठन भएदेखि नै प्राथमिकतामा परेको विषय थियो।’’
सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न गाउँमा यस वर्ष आँपको उत्पादन बढ्ने देखिएको छ । माघको अन्तिमदेखि हालसम्म प्रायः सबै किसानको आँपको बोटमा लागेको मञ्जरी (फूल) लागेकाले किसानहरू खुसी भएका हुन् ।
मुलुकको चौंथो राष्ट्रपतिका लागि बिहीबार सम्पन्न मतदानबाट नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ।
“सिजन सुरु भएसँगै दुईसय बढी कामदार उद्योगमा देखिन्थे । एकातिर कामदार इँटा बनाउन व्यस्त हुँदैगर्दा अर्कोतर्फ बिक्री भएका इँटा ट्रकमा लोड गर्न भ्याइनभ्याई हुने थियो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुभएको छ ।
बागलुङको ताराखोला गाउँपालिकाले तत्कालीन द्वन्द्वकालमा शहीद तथा बेपत्ता भएका परिवारका सदस्यलाई मासिक भत्ता दिन सुरु गरेको छ। गाउँपालिकाले मासिक एक हजार रुपियाँका दरले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई भत्ता रकम वितरण गरेको हो ।
साहसिक खेलका रूपमा लिइने 'जिपलाइन'ले पाल्पा आउने पर्यटकलाई आकर्षित गरेको छ । जिल्लाको रिव्दीकोट-४, स्थित भैरवस्थान मन्दिर परिसरमा रहेको 'जिपलाइन'मा खेल्न आउने पर्यटक बढेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहीबार) बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आगामी चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ताप्लेजुङमा दुई हजार बढी विद्यार्थी सहभागी हुने भएका छन् ।