सर्लाही सदरमुकाम मलङ्गवाको जनजीवन आज सोमबारदेखि सामान्य बन्दैगएको छ । गत शुक्रबार श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा भएको विवाद बढ्दै गएपछि मलङ्गवा बजारक्षेत्र तनावग्रस्त बनेको थियो ।
चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अक्सनका लागि २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ मा खेलाडी दर्ता भएका हुन् ।
कैलालीको विपद् प्रभावित मुक्त कमैयालाई नयाँ घर हस्तान्तरण गरिएको छ । कैलारी गाउँपालिका–७ विपतपुरका अग्नि पीडित मुक्त कमैयालाई आज नयाँ घर हस्तान्तरण गरिएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हिंसालाई प्रश्रय दिने शक्तिलाई सरकारले कारबाही नगरेर प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबिचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ ।
दार्चुलाको शैल्यसिखर नगरपालिका–२ का वडा सचिव खेमराज कपाडी मृत भेटिएका छन् । शैल्यसिखर नगरपालिका–२ रौतेउडा निवासी २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसियु) का लागि व्यवस्थापन गरिएको उपकरण प्रयोगविहीन छन् ।
युरोपेली आयोगले सन् २०२३ र २०२४ का लागि युरो क्षेत्रको आर्थिक वृद्धिको पूर्वानुमानमा कटौती गरेको छ । सन् २०२३ मा युरो जोनको आर्थिक वृद्धिदर १.१ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो तर सोमबार त्यसलाई संशोधन गरी ०.८ प्रतिशत कायम गरिएको छ ।
थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले सिनियरतर्फ कांस्यसहित १२ पदक जितेको छ । नेपालले सिनियरतर्फ एक कांस्यसहित जुनियर र क्याडेततर्फ गरी १२ पदक जितेको हो ।
इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका नागरिकको लागि एम्बुलेन्स र शव वाहन सेवा निःशुल्क गरेको छ ।
पश्चिम म्याग्दीको तीन पालिकासँगै बागलुङको पश्चिम क्षेत्र जोड्ने बेनी–दरवाङ सडक खण्ड आइतबार दिउँसोदेखि अवरुद्ध भएको सडक अझै खुलेको छैन ।
मध्येपृतना मुख्य कार्यालय हेटौँडामा सञ्चालन भएको सी.स. ११ सैन्य आधार तालिमको अन्तिम देलेल कवाज प्रदर्शन (दीक्षान्त समारोह) सोमबार भएको छ।
आफैँले बोकेको झोला पासो लागेर वृद्धको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका-६ रातेडाँडाका ६४ वर्षीय कुलबहादुर सुराली मगरको आफैँले बोकेको झोला बेरिएर ज्यान गएको हो ।