विभिन्न राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको स्थान निकै उच्च रहेको र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको धारणा व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएको र आज पनि त्यसको सान्दर्भिकता उत्तिकै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माक्र्स र गान्धीको बिचारबाट प्रभावित बिपीको बिचारमा माक्र्सवाद र गान्धीको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ ।” बिपीलाई २०१७ सालमा प्रधानमन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेको विश्लेषण पूर्वनेता भट्टराईको रहेको छ ।
अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरिएको छ । तामाङ यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत हुनुहुन्थ्यो । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिएपछि रिक्त रहेको पदमा तामाङको सरुवा गरिएको हो ।
मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रुवाहक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालकसमेत रहेका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनुहुन्छ । देशभर र कोशी प्रदेशका मुख्य मुख्य स्थानमा चार्जिङ स्टेसन निर्माण अन्तिम प्रव्रिmयामा पुगेपछि चार महिनाअगाडि राईले ४५ लाख मूल्यमा विद्युतीय यात्रुवाहक सवारी खरिद गर्नुभएको हो ।
हृदयाघातबाट निधन हुनुभएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केही बेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न सरकारी तवरमै पहल भइरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री प्रचण्डसँग गर्नुभएको भेटमा उहाँले यसबारे अध्ययन भइरहेको जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको ‘वासुदेव लुइँटेल पुरस्कार’ २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ ।
तीजको अवसरमा सञ्चारिका समूह नेपालले सोमबार काठमाडौंका महिला पत्रकारलाई दर खुवाउने कार्यक्रम गरी शुभकाना आदानप्रदान गरेको छ ।
नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज १० स्थित एक गोदाममा छापामारी आठ क्विन्टल काजु बरामद गरेको छ ।
एसिसी एसिया कप क्रिकेटको सुपर चारको खेलमा भारतले पाकिस्तानलाई जितका लागि तीन सय ५७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
गोरखाका सबै सडकमा खुलेआम रातो प्लेटको गाडीले यात्रु बोक्न थालेपछि यातायात ब्यवसायीहरु बिरोधमा उत्रिएका छन् । आफनो ब्यक्तिगत प्रायोजनमा लिएका गाडीले धमाधम यात्रु बोक्न थालेपछि जिल्लामा रहेका यातायात व्यवसायीहरु विरोधमा उत्रेका हुन् ।