नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो ।
खोटाङको रावाबेसी गाउँपालिका-४ डुम्रेधारा पानीका नागरिकले सङ्घीय राजधानी काठमाडौँमै वडाको सेवा पाएका छन् । डुम्रेधारा पानी स्थायी ठेगाना भएर विभिन्न कामले काठमाडौँ बस्दै आएका नागरिकलाई जनप्रतिनिधि र कर्मचारीले उहीँ पुगेर वडाको सेवा प्रदान गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा राष्ट्रिय शोक प्रकट गर्न देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशमा डेंगु रोगको सङ्क्रमितको पाँच हजार नाघेको छ । गत २४ घण्टामा १०७ जना डेंगु रोगका सङ्क्रमित थपिएसँगै बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको हो ।
कैलालीको घोडाघोडी नगरपालिकाले कार्यालयमा कार्यरत कर्मचारीको निधन पछि शोक बिदा गरेको छ ।
मधेश प्रदेश सभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ ।
नेकपा (एमाले) ले आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ।
संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै इलामको रोङ गाउँपालिकाले आज (मङ्गलबार) शोक बिदा दिएको छ ।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताउनुभएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताउनुभएको छ ।
काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा अहिले सुरु भएको छ ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान सभा अध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।