मङ्सिरयता विवाह, व्रतबन्ध, गुन्यूचोलीजस्ता बाक्लै कार्जे परे पनि नयाँ सुन खरिद गरेर गहना बनाउने ग्राहक खासै आएनन्। सुनको मूल्य बढेर एक लाख नाघ्यो, सेवाग्राहीले नयाँ सुन किन्नभन्दा पुरानो सुनका गहना पल्टी गरेर नयाँ डिजाइनमा रूपान्तरण गरेर टारे। नेपाल सुनचाँदी व्यवसायी सङ्घ मोरङका अध्यक्ष शशिभूषण साहका अनुसार अन्य क्षेत्रमा जस्तै ज्वेलर्सको कारोबार विवाहको सिजनमा निक्कै कम भएको हो। जिल्लामा रहेका १४० साना–ठूला ज्वेलर्समा नयाँ सुन खरिद गरेर गहना बनाउने भन्दा पुराना गहना बोकेर पल्टी गर्नेहरू धेरै आएका हुन्।
सुक्खा बढ्दै जाँदा सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको हाहाकार मच्चिन थालेको छ। चुरे पाखोका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन्। खडेरी लाग्ने केही महिना जिल्लाको चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, बेलडाँडा, विलन्दी, कौवा, दापडाँडा, कालिञ्जोर, गुइडुङ, परवानीपुर, नारायणखोला, अत्रौलीलगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको छ। बढ्दो वनविनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरूमा खानेपानीका स्रोतहरू चाँडो सुक्न थालेका जानकार बताउँछन्।
मोरङको पथरी–जाँते हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडकको वन क्षेत्रका रुख काट्ने प्रक्रिया अघि नबढ्दा सडक कालोपत्रे गर्न रोकिएको छ। कोशी प्रदेश सरकारले गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अघि बढाएको यो सडक कोशी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते शिलान्यास गर्नुभएको थियो। शिलान्यास भएको दिन मुख्यमन्त्री राईले तीन वर्षमा सडक निर्माण गर्ने योजना भए पनि दुई वर्षमा नै योजना सम्पन्न गरी आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो। तीन वर्षभन्दा बढी बित्दा पनि १७ किलोमिटर लम्बाइको सडक जाँते बजार क्षेत्रमा तीन किलोमिटर मात्र कालोपत्रे भएको छ। लेटाङको ज्यामिरेबाट जाँते हुँदै पथरीमा पूर्व–पश्चिम राजमार्गलाई क्रस गरेर डाइनियाँ हुँदै भारतसँग जोडिने यो सडक उत्तरी मोरङको व्यापार प्रवद्र्धनका लागि महत्वाकाङ्क्षी योजना रहेको थियो।
बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरण गर्ने सङ्कल्प गर्दै व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीईओ वर्कसप) सम्पन्न भएको छ । कोभिड–१९ पश्चात् अर्थव्यवस्थामा आएको परिवर्तन र बचत तथा ऋण सहकारी संस्था (साकोस)मा परेको प्रभावबाट संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाको समीक्षा गरी सन्तुलन कायम गर्दै स्वस्थ र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने गोष्ठीले सङ्कल्प गरेको छ ।
चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारमा पार्किङ समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ। वित्तीय सङ्घ/संस्थादेखि व्यापारिक प्रतिष्ठानको केन्द्रका रूपमा रहेको बजारमा खुला ठाउँको अभाव भएपछि साना तथा ठूला सवारीसाधन रोकेर राख्ने स्थान नहँुदा त्यसको असर व्यापारमा समेत परेको छ। निर्माणाधीन छ लेनको सडक सम्पन्न भएपछि पार्किङको समस्या अझ बढेर जाने भएको छ। पुरानो संरचना भएकाले यहाँका घरमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छैन। नयाँ बनेका सीमित घरले मात्र पार्किङको व्यवस्था गरेका छन्। नारायणगढको ओरालोदेखि पुलचोक हुँदै पोखरा बसपार्क, मिलनरोड, कमलनगर, बेलचोक सडक यहाँको मुख्य बजार क्षेत्र हुन्। यही स्थानमा बैङ्क तथा वित्तीय संस्थाका शाखाहरू सहकारी, ठूला व्यापारका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन्। ती स्थानमा आउने उपभोक्ताले ल्याउने सवारीसाधन तथा सार्वजनिक सवारीसाधन रोकिराख्ने स्थानको अभाव भएको छ।
भूकम्प, बाढीपहिरो, कोरोना महामारीपछि पनि आन्तरिक पर्यटकका लागि प्रसिद्ध पाँचपोखरी धार्मिक गन्तव्य बन्दै आएको छ। समुद्री सतहबाट चार हजार १५१ मिटर उचाइमा अवस्थित पाँचपोखरीमा पाँचवटा पोखरी छन्। ती पोखरी प्राकृतिक रूपमा सुन्दर र मनमोहक छन्। प्राकृतिक रूपमै रहेका पाँचवटा पोखरीका कारण यसको नाम पाँचपोखरी तीर्थस्थल राखिएको हो।
नेपाल सरकार मन्त्रिपरिषद् बैठकले खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । जीवनाशक विषादीको परीक्षणसम्बन्धी प्रस्ताव नेपाल राजपत्रमा प्रकाशन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भदौ १५ गते मन्त्रिपरिषद्मा पेस गरेको र भदौ २१ गते मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफलका लागि पठाइएको भए पनि त्यसपछि थप प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का अध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जग्गाको मूल्याङ्कन गर्दा मूल्याङ्कन पुस्तिकामा उल्लेख भएभन्दा कम मूल्य राखेर राजस्व हिनामिना गरेको आरोपमा मैनालीविरुद्ध मुद्दा दायर गरिएको हो। मैनालीले सोही नगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा जोडिएको उक्त वडाको नयाँरोड बजारमा रहेको जग्गाको बसकपत्र लिखत पारित गर्दा बाटो नभएको भनी प्रमाणित गरेको र सो कार्यबाट नौ लाख ३६ हजार रुपियाँ सरकारी राजस्व हिनामिना भएको आयोगको दाबी छ। मैनालीलाई सोही रकम बराबर बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु क्षेत्रमा जलवायु असर कम गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले नयाँ योजना अघि बढाएको छ। आगामी पाँच वर्षभित्र जलवायु परिवर्तनका मुद्दामा ठोस काम गर्ने गरी गाउँपालिका र यस क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैबीच रणनीतिक साझेदारीसमेत भएको छ। सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुमा पदयात्रा गर्दै पुगेको प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरसहितको उपस्थितिमा गाउँपालिकाले नयाँ योजना अघि बढाएको हो। सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट उपाध्यक्ष टासील्हामु शेर्पा र साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गर्नुभएको छ।
राष्ट्रिय समावेशी आयोगले पिछडिएका, सीमान्तकृत, अपाङ्गता भएका, भौगोलिक तथा वर्गीय रूपमा पछाडि परेका सबै वर्गलाई विकासको मूलधारमा ल्याउने प्रयत्नमा जोड दिएको छ। आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुक्रबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले प्रविधिमा महिलाको पहुँच बढाउन प्रेरित गरिएको उल्लेख गर्दै विकासमा फड्को मारेको प्रविधिमैत्री सीप सिकेर सकारात्मक फाइदा लिन जान्नुपर्ने बताउनुभयो।
भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ । दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन । “भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उहाँले भन्नुभयो, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।”
शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।
उदयपुरमा आगलागीबाट एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ ।