उदयपुरमा आगलागीबाट एकै घरका दुई बालबालिकाको शुक्रबार जलेर मृत्यु भएको छ । जिल्लाको रौतामाई गाउँपालिका वडा नं. ८ पाँबु पाखाटोलस्थित स्थानीय रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा निजकी ६ वर्षीया छोरी जस्मिन मगर र उनकै भाइ २ वर्षीय रोजन मगरको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले बताउनुभयो ।
विभिन्न देशका नागरिक विभिन्न उद्देश्य लिएर रमाइलो गर्नका लागि देश विदेश घुमफिर गर्छन् भने तिनीहरूलाई पर्यटकको रूपमा सम्बोधन गरिएको हुन्छ । विशेषत पर्यटकको विभिन्न उद्देश्यमा हिमाल चढ्ने, प्राकृतिक रमझमको दृश्यावलोकन गर्ने, कोही अनुसन्धान तथा अन्वेषण गर्न, धार्मिक क्षेत्र अवलोकन गर्ने विचारले घुमफिर गर्न नेपाल आउने गरेको हुन्छ । बहुल विविधताले भरिपूर्ण नेपाल विश्वभरिकै पर्यटन क्षेत्रका लागि आकर्षणको केन्द्रबिन्दु रहिआएको छ । भौगोलिक, जातीय एवं सांस्कतिक, धार्मिक, जैविक, भाषिक विविधताले पनि नेपाल विश्वका लागि भ्रमणका लागि मनमोहक स्थानको रूपमा रहेको छ । हाल यहाँ विदेशबाट आउने पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन-चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जङ्गबहादुर राणा (कुँवर) २९ वर्षको उमेरमा प्रधानमन्त्री र प्रधानसेनापति भए । त्यसपछि उनका परिवारका सदस्य, नातागोता एवं प्रियजनले विभिन्न पद पाए । कोतपर्व भनिएको हत्याकाण्डमा आफ्ना प्रमुख विरोधीलाई मारेर सर्वशक्तिमान बनेका जङ्गबहादुरको आत्मवृत्तान्त लेख्ने उनका छोरा पद्मजङ्गले जङ्गबहादुरको कालखण्डको सजीव चित्रण गरेका छन् । जङ्गबहादुरले गरेका कर्मको विश्लेषण गर्दै केही इतिहासकारले सही र गलत कर्मका कारण कुनै व्यक्ति इतिहासको पात्र बन्न सक्छ भनेका छन् ।
गरिबको खानाका रूपमा हेला गर्ने र सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने गरेको कोदोलाई सन् २०२३ भरि कोदोजन्य वर्षका रूपमा विश्वभरि मनाइरहेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएकोे प्रस्तावमा संयुक्त राष्ट्रसङ्घ साधारण सभाको ७५औंँ सेसनले पारित गरेबमोजिम सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेसनल इयर अफ मिलेट्स २०२३)का रूपमा मनाइरहेको छ । भारत सरकारले सन् २०२१ मा गरेको सो प्रस्तावमा विभिन्न ७२ वटा देशले समर्थन गरेका थिए । त्यसमध्ये एक नेपाल पनि हो । नेपालले पनि ‘खाद्य पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रूपान्तरणका लागि कोदोजन्य बाली’ मूल नाराका साथ सन् २०२३ लाई कोदोजन्य वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । भारत–नेपालबीच कृषि सहकार्य सन् २०१८ मा सुरुवात गरिएको थियो । दुई देशबीचको कृषि सहकार्यलाई निरन्तरता दिँदै नेपालस्थित भारतीय दूतावासले नेपालमा सन् २०२३ को वर्षभरि नै विभिन्न कार्यक्रम गरी कोदो दिवस मनाउने भएको छ । विश्वमै भारत सबभन्दा बढी कोदो उत्पादन गर्ने देशमा
अर्थतन्त्रमा स्थायित्वका लागि आन्तरिक उत्पादनमा जोड दिनुपर्ने विज्ञहरूले बताएका छन् । राजधानीमा शुक्रबार आयोजित दोस्रो अर्थशास्त्री सम्मेलनका वक्ताले आयात र विप्रेषणमा आधारित अर्थतन्त्रबाट मुलुकले खाजेको समृद्धि प्राप्त नहुने बताउनुभएको हो । कार्यक्रममा नेपाली कांगे्रसका महामन्त्री गगन थापाले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर हुनुपर्ने समय आएको बताउनुभयो । अर्थतन्त्र र विकासका सम्बन्धमा वडाध्यक्षदेखि प्रधानमन्त्री सबैलाई विशेष किसिमको तालिम नै आवश्यक परेको उहाँको भनाइ थियो । अर्थतन्त्रमा संरचनात्मक समस्या नै भएकाले त्यसलाई बदल्न जरुरी रहेको उहाँले बताउनुभयो ।
हेटौँडा सामुदायिक आँखा अस्पतालले स्वास्थ्य बीमा बोर्डले बीमाबापतको रकम समयमा नपठाउँदा औषधि खरिदलगायत उपचारमा समस्या आएको जनाएको छ। अस्पतालमा आव २०७४/७५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि अस्पतालमा आउने विपन्न वर्गका आँखाका बिरामी लाभान्वित हुँदै आएका छन्। बीमा बोर्डसँग स्वास्थ्य बीमाबापतको भुक्तानी माग गर्दा लामो समयसम्म भुक्तानी नगर्दा अस्पतालको दैनिक सेवा तथा बिरामीको उपचार एवं शल्यक्रियामा प्रयोग हुने औषधि तथा अन्य सामग्री खरिद गर्न रकम अभाव बेहोर्दै आएको छ। अस्पताल व्यवस्थापक सुधीर श्रेष्ठले बीमा बोर्डले बीमाबापतको रकम निकासामा गरेको ढिलाइका कारण अस्पतालका कर्मचारीको तलबको व्यवस्थापन गर्नसमेत समस्या भएको जानकारी दिनुभयो।
पाल्पाको बगनासकाली गाउँपालिका–१ स्थित चिर्तुङधारामा बन्न लागेको २२० केभी सबस्टेसन आयोजनाको काममा ढिलाइ भएको छ। मुआब्जा वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय जग्गाधनीले मुआब्जाबापतको रकम नबुझेपछि सबस्टेसन निर्माणको काममा ढिलाइ भएको हो। पाल्पासहितका जिल्लाको विद्युत् अवरोध हटाउन चिर्तुङधारामा सबस्टेसन निर्माण गर्ने विद्युत् प्राधिकरणको योजना छ। त्यसका लागि माडी चक्रपथ नजिकका खेतीयोग्य १७४ रोपनी जग्गा अधिकरणको प्रक्रिया अघि बढिसकेको छ। यद्यपि एक वर्षको अवधिमा पनि जग्गाधनीलाई मुआब्जा वितरणको काम सकिएको छैन।
प्रदेशको नीति निर्माणमा केन्द्रित रहने प्रदेश सभा सदस्यका लागि लुम्बिनी प्रदेश सभा सचिवालयमा अलग्गै पुस्तकालय स्थापना गरिएको छ। प्रदेश सभा सदस्य तथा कर्मचारीलाई कानुन निर्माण क्रममा आवश्यक जानकारी लिन, अध्ययन, अनुसन्धान र अभिलेख सङ्ग्रहका लागि पुस्तकालय स्थापना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले बताउनुभयो।
अखाद्य र गुणस्तरहीन चामल बोकेर नेपालगञ्ज भन्सार कार्यालयमा पुगेका विश्व खाद्य कार्यक्रमका तीनवटा कन्टेनर डेढ महिनादेखि अलपत्र छन्। विश्व खाद्य कार्यक्रमले जमुनाहा नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको जनाउँदै भन्सार कार्यालयले रोकिदिँदा तीनवटा कन्टेनर डेढ महिनादेखि त्यहीँ अलपत्र परेका हुन्। समुद्री मार्ग हुँदै इटालीबाट ल्याइएको उक्त चामल भारतको कोलकाताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो। चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर करिब डेढ महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन्।
देशका कतिपय स्थानमा सङ्घीयताको विरोध गरिरहँदा स्याङ्जाको कर्णालीका रूपमा परिचित कालीगण्डकी गाउँपालिकाले भने देशको पछिल्लो राजनीतिक संरचना परिवर्तनपछि विकासमा फड्को मारेको छ। स्रोतको पहुँच कम भएको यो पालिकामा सरकारबाट प्राप्त बजेटलाई सदुपयोग गरिएपछि विकासले गति लिएको जनप्रतिनिधिको दाबी छ। पालिकामा गएको पाँच वर्षमा साढे पाँच अर्ब रुपियाँ बराबरका योजना सम्पन्न गरिएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। पाँच वर्षमा ३२ किलोमिटर सडक कालोपत्रे भएको छ भने आगामी एक वर्षमा ४२ किलोमिटर सडक थप पिच हुने अवस्थामा पुगेको थापाले बताउनुभयो।
एक हप्ताअघि ठूलो हावाहुरी चल्दा पोखराको फेवातालमा डुङ्गा पल्टेर एक जनाको मृत्यु भयो। लाइफ ज्याकेट लगाए पनि उनको मृत्यु भएको थियो भने अन्य एउटै डुङ्गामा सवार यात्रुको ज्यान जोगियो। लाइफ ज्याकेटले ज्यान जोगिए पनि यात्रुले आफैँले जानी नजानी फेवातालमा डुङ्गा चलाउँदा दुर्घटना भएको डुङ्गा व्यवसायी बताउँछन्। डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बलराम गिरीले यात्रुले आफैँ डुङ्गा जानी नजानी चलाउँदा घटना भएको बताउनुभयो। यसरी यात्रुले आफैँ डुङ्गा चलाउँदा दुर्घटना हुने भएपछि अब चालकबिना डुङ्गा नदिने व्यवसायीको निर्णय छ। अध्यक्ष गिरीका अनुसार हावाहुरी चल्ने अबका तीन महिना चालकबिना डुङ्गा रिजर्भ पनि नदिइने भएको छ।
हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बाली सिमकोट गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयलाई बिक्री सुरु गरेको छ । गाउँपालिकाले किसानसँग खरिद गरेका रैथाने बाली शुक्रबारदेखि औपचारिक रूपमा बिक्री सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीले एक महिनायता किसानसँग खरिद गरेका रैथाने बालीको उत्पादन खाद्य कम्पनीलाई बिक्री सुरु गरेको बताउनुभयो । गाउँपालिकाले शाखाको गोदाममा लगेर हस्तान्तरण गरेको हो । रैथाने बालीमा चिनो र कागुनोको चामल, सिमी र फापरको दाना बिक्री गरेको हो ।
सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।
जातीय छुवाछूतसहित गरिएको मृत्युभोजको विरोध गर्दै अधिकारकर्मीहरूले छुवाछूतलाई प्रश्रय दिनेलाई कारबाहीको समेत माग गरेका छन्। छुवाछूत गरेर मृत्युभोज गरिएको सिरहाको भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरिएको हो। उहाँले आमाको १३औँ दिनको तिथिमा बोलाएका पाहुनालाई जातीय आधारमा छुट्टाछुट्टै स्थानमा बसाएर मृत्युभोज गराउनुभएको थियो। जातअनुसार छुट्टाछुट्टै स्थानमा ब्यानर नै झुन्डयाइएको थियो।