वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
दार्चुलामा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–९ नायलबाट आज उनीहरू पक्राउ परेका हुन् ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जिल्लाका १२ वटा पालिकाहरूमा रहेका स्वास्थ्य सेवा दिने निजी क्लिनिक र फार्मेसीहरूको विवरण माग गरेपनि पालिकाहरूले उपलब्ध नगराउँदा अनुमति बिनै सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र फार्मेसीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।
संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङप्रति समाजवादी मोर्चाले श्रद्धाञ्जली व्यक्त गरेको छ।
नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमामा ठग्ने काम भएकाले सरकारले चिकित्सकको ‘प्रेश्किप्सन’ (उपचारका क्रममा चिकित्सक ले लेख्ने कागज) को परीक्षण गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।
नेकपा (एमाले)को सचिवालय बैठक बसेको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान आकस्मिक निधन भएपश्चात् सचिवालय बैठक बसेको हो।
मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको मंगलबार बिहान ८ बजेर १५ मिनेट जाँदा जनकपुरधामको प्रादेशिक अस्पतालमा निधन भएको छ। सर्लाही निवासी ४५ वर्षीया यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहनुभएको थियो।
परराष्ट्र मन्त्री नारायणप्रकाश साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको “शान्ति निर्माणमा शिक्षाको भूमिका” कार्यक्रममा सहभागी हुन उहाँ आज (मङ्गलबार) त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनको खबरले आफू अत्यन्तै मर्माहत र स्तब्ध रहेको बताउनुभएको छ।