पाँचथर बहुमुखी क्याम्पस फिदिमको स्वतन्त्र विद्यार्थी युनियन अध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी मुना नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ।
गायक रबिन बर्तौलाको कति कुरा यस्ता हुन्छन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहाेर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताउनुभएको छ।
वन अतिक्रमित जग्गामा रोपिएको बिरुवा काटेर, उखेलेर नष्ट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्।
विभागीय टोलीको एपीएफ क्लब र जावलाखेल युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्नेगरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताउनुभएको छ ।
काठमाडौं सुनचाँदी व्यवसायी सङ्घको तालिम भवनको शनिबार समुद्घाटन भएको छ । जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं महानगरपालिका १७ वडा, कुसुमबियालाछि स्थिति भवनको उद्घाटन गर्नुभयो ।
बिर्तामोड, फागुन २७ गते। भित्री वस्त्रमा लागू औषध लुकाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। झापाको भद्रपुर-गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने साविक तोपगाछी गाविस ५ घर भइ हाल विर्तामोड नगरपालिका- १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीया मञ्जु चापागाईंलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो। शुक्रबार बिहान साढे १० बजेको समयमा प्र-१-०१-०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईंलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा लागू औषध फेला पारेको हो। उनले लगाएको भित्री वस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउनसुगर, नेपाली पाँच हजार ७५ रुपियाँ र ७ सय ९९ भारतीय रुपियाँसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको छ।
सन् २०२६ सम्ममा अतिकम विकसित मुलुक (एलडिसी)बाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपालले त्यसपछि पनि विश्व व्यापार सङ्गठन (डब्ल्युटिओ) मार्फत पाइरहेका सुविधाको निरन्तरताका लागि पहल गर्ने भएको छ ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान जानुभई नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।
हिमाली जिल्ला हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि एकल उम्मेदवारी दर्ता भएको छ ।
जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताउनुभएको छ।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार साउदी–इरानबीच कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने सम्झौताको स्वागत गरेको छ । साथै यस प्रक्रियामा चीनले खेलेको भूमिकाको प्रशंसा पनि गरेको छ ।
उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।