कोरियाली लगानीकर्ताको लगानीमा बन्ने ‘माथिल्लो त्रिशूली–१’ जलविद्युत् आयोजनाको औपचारिक शिलान्यास गरिएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणसहित २२ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनाको बाँधलगायत मुख्य संरचना हेडवक्र्सको कामको मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा औपचारिक शिलान्यास गर्नुभएको हो ।
कर्मचारी नहुँदा जुम्लाको इलाका प्रशासन कार्यालय, नराकोट, सिँजामा नागरिकता वितरण कार्य ठप्प भएको छ। प्रशासन कार्यालयका कर्मचारी अन्यत्रै सरुवा भई गएपछि सिँजा क्षेत्रको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकावासी नागरिकता लिनबाट वञ्चित भएका छन्। सो गाउँलाई लक्ष्य गरी स्थापना गरिएको इलाका प्रशासनले नागरिकता वितरण सुरु गरेको थियो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
अब स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्नका लागि बैङ्क तथा वित्तीय संस्थाले २० करोड रुपियाँसम्म सहुलियत कर्जा दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार जारी गरेको सूचना अनुसार बैङ्क तथा वित्तीय संस्थाले स्थानीय तहमा एक सय बेडसम्मको अस्पताल स्थापना गर्न २० करोडसम्म कर्जा दिन पाउने व्यवस्था गरिएको हो ।
सरकारले विद्युतीय मोटरसाइकलको दर्ता खुला गरेपछि झन्डै शतप्रतिशतले माग बढेको छ । गएको जेठसम्म काठमाडौँमा १४० वटा विद्युतीय मोटरसाइकल बिक्री भएका थिए भने भदौ २० गतेसम्म ३५० वटा बिक्री भएका छन् । सुन्दर अटो इन्जिनियरिङले मात्रै १५० वटा ‘गन्तव्य इभी १०० एस’ मोटरसाइकल बिक्री गरेको छ । गन्तव्यलाई ८४२ जनाले अर्डर गरेको इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाले जानकारी दिनुभयो ।
अबको समय विद्युतीय सवारीको भएकाले तत्काल यसमा कर बढाउने नीति नरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । राजधानीको भृकुटीमण्डपमा मङ्गलबारदेखि सुरु भएको ‘नाडा अटो सो २०२३’ उद्घाटन गर्दै उहाँले सरकारको नीति विद्युतीय सवारीको प्रवर्धन नै भएकाले आगामी दिनमा अत्यन्त कम मात्र कर बढाइने बताउनुभएको हो ।
नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नीलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ। क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उहाँ सो क्याम्पसको ३३ औँ प्रमुख हुनुभएको छ। २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आइएससी र त्यसपछि बिएससी अध्ययन गर्नुभएकी डा. श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गर्नुभएको हो। उहाँले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गर्नुभएको थियो।
काठमाडौँ–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्धारित समयमा पूरा गर्न नेपाली सेनाले चौबिसै घण्टा काम गर्ने तयारी गरेको छ। नेपाली सेनाले विशेष पत्रकार सम्मेलनमा २०८३ चैतभित्र आयोजना निर्माणको काम पूरा गर्न आवश्यक परे सेनाले दिन रात गरी तीन चरणमा काम गरिने जानकारी गराएको हो।
नेपाल सरकार र विभिन्न राजनीतिक दल वा समूहसँगको सम्झौता अनुसार अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने केही नेपाल ऐन संशोधन विधेयकको व्यवस्था हटाउन बहुसङ्ख्यक दलहरू एकै स्थानमा उभिएका छन् । नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलले अदालतमा विचाराधीन फौजदारी मुद्दा फिर्ताको व्यवस्था हटाउन संशोधन दर्ता गरेका हुन् । विधेयकको संशोधनको समयसीमामा कुल ५५ संशोधन दर्ता भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई इजरायले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दुर्लभ भाषण उपहारस्वरुप प्रदान गरेको छ।
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय १४ हजार पाँच सय घुस रकमसहित पक्राउ परेका छन् ।
मकवानपुरगढी गाउँपालिका –५ स्थित सानोसुकौरामा एकीकृत कृषि फार्म तथा पशुपालन तालिम केन्द्र निर्माण हुनेभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मङ्गलबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ सानोसुकौरामा शिलान्यास गर्नुभयो ।
ज्यान लिनेसम्मको धम्की दिएर आपराधिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बस्ने ३३ वर्षीय सुरजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
गोरखाहरू सेवा निवृत्त हुँदा १८ वर्षभन्दा कम उमेरका छोराछोरीलाई बेलायतको आवासीय भिसा दिने सम्बन्धमा संयुक्त अधिराज्य (बेलायत) सकारात्मक देखिएको छ ।