नेपाली आधुनिक सङ्गीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित नातिकाजी सङ्गीत श्रवण साँझ–२०८० सम्पन्न भएको छ ।
संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ ।
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नुभएको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई दिवा खाजा विद्यालयमै पकाएर खुवाउनुपर्ने अनिवार्य नियम उपमहानगरले लगाएको छ ।
इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका कृष्ण श्रेष्ठ बुधबार बिहानै नेम्वाङको जन्मघर पुग्नुभयो ।
कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई निजी अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जीवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको छ ।
लमजुङको बेँसी सहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली भञ्ज्याङ मानिएको थोराङ्ला पाँच हजार चार सय १६ मिटर पास हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ ।
क्षयरोगबाट आक्रान्त बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा मन्त्रीसहित सङ्घ र प्रदेश केन्द्रित स्वास्थ्यकर्मीको टोली आइपुगेको छ। धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित व्यवस्थित आवासमा व्याप्त अव्यवस्था एवं क्षयरोग सङ्क्रमणबारे गोरखापत्रले समाचार र सम्पादकीय प्रकाशित गरेपछि सरकारी एवं गैरसरकारी स्वास्थ्य संस्थाका प्रतिनिधिको मुसहर बस्तीमा एकै पटक ओइरो लागेको हो।
हङ्कङबाट तस्करी गरी ल्याइएको झन्डै ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदै छ ।
सप्तरीमा एक जना शिक्षकको हत्या कसुरमा बुबा र छोरीलाई तीन वर्ष कैद सजाय भएको छ ।
लक्ष्मीपुर पतारी गाउँपालिका–२, पोखरभिन्डामा रहेको जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार नमुना विद्यालयमा कुनै किसिमको आर्थिक अनियमितता सह्य नहुने सरोकारवालाले बताएका छन्। राष्ट्रिय लोकमार्गदेखि चार किलोमिटर दक्षिण ग्रामीण भेगमा रहेको त्यस नमुना विद्यालयमा एक करोडभन्दा बढी अनियमितता भएको स्थानीय एक पक्षले आरोप लगाइरहेका छन्। स्थानीय अर्को पक्षले भने आरोप निराधार भएको बताउँछन्।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सो निर्णय गरेको हो। केही दिनअघि ढकेरी नजिकै बिग्रिएर सडक छेउमा राखिएको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा सात जनाको मृत्यु र २१ जना गम्भीर घाइते भएका थिए।
बाजुराका साविकाका बाह्रविस, कुल्देमाडौ र ब्रहमतोला गाविस मिलेर बनेको बुढीगंगा नगरपालिका नेता धेरै जन्माएको क्षेत्र भए पनि भौतिक पूर्वाधारको विकासका दृष्टीले भने पछाडि नै छ ।