हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकोप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगण लालमटियामा मौसम खराबको कारण आकस्मिक अवतरण गरेको छ ।
हेटौँडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडियाले गाउँकेन्द्रित मुद्दा उठाउनुपर्ने बताउनुभएको छ । पत्रकारले नेताका मात्रै समाचार होइन, समाजका हरेक मुद्दालाई विश्लेषण गरेर खोज अनुसन्धानमुलक समाचार लेख्नपर्ने उहाँको भनाइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारले दीर्घकालीन सोच तय गरेको बताउनुभएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भोलि बिहीबार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानकासाथ अन्तिम संस्कार गरिने भएको छ । सो अघि उहाँको शवयात्रा निकालिने एमालेले जनाएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सुधारका लागि सरकारद्वारा चालिएका कदममा अवरोध हुन थालेको बताउनुभएको छ ।
हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानुन निर्माणका क्रममा व्यस्त रहनुभएको थियो ।
प्रशासनले बन्द गराएको धनगढी उपमहानगरपालिका–३ मा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रालिलाई सञ्चालन अनुमति प्रदान गरिएको छ।
बागमती प्रदेश सरकार प्रदेशको अधिकार स्थापित गर्न सर्वोच्च अदालत जाने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवदेन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ।
तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कार्य निर्धारित समयमा नै पुरा गर्न धमाधम काम भइरहेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले अङ्गीकार गरिएको निर्वाचन प्रणाली फेर्न प्रस्ताव गर्नुभएको छ । नयाँ संविधानमा जारी गरिएको मिश्रित निर्वाचनले समावेशिता पक्का गरे पनि स्थिरता नदिएको उहाँको भनाइ छ ।
एनएसजेएफ खेल पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार मुकुन्द बोगटी र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका खेल पत्रकार रमेश सुवेदी सम्मानित हुनुभएको छ ।