नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति एवम् प्रजातन्त्र सेनानी पूर्णचन्द्र नेपालको गएराति निधन भएको छ ।
पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।
संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि सो पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरिएको छ ।
भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरूमाथि विभिन्न सातवटा कसुर लगाउन सिफारिस गरिएको छ ।
लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधि सभामा आज दर्ता गरेको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरीले छोरी संरक्षण कार्यक्रम अन्तर्गत ४० जना छोरीको अभिभावकलाई जनही पाँच हजारको चेक हस्तान्तरण गरेको छ ।
प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।
पाठेघरको मुख्यको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउनु सुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबिच सो खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगाइने रैथाने कागुनो बाली लोप हुँदै गएको छ । अछाम खप्तड तथा बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदह लगायतका केही ठाउँमा पहिले देखि नै कागुनो लगाइन्थ्यो ।
रोजगारीका सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।
मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारण केही रोग नियमित औषधि सेवनबाट निको हुन्छन् भने कतिपय निको नहुने पनि हुन्छन् ।
तनहुँमा सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । साउन महिनायता जिल्लाका विभिन्न ठाउँका सात सय ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
बजारमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न दमक नगरपालिकाले पहल सुरु गरेको छ । खाद्य पदार्थ उत्पादन, प्रशोधन वा बिक्री वितरण गर्ने व्यवसायीहरू र उपभोक्ताहरूलाई नगरपालिकाले सचेत गराउन सुरु गरेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।