समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
डोटी सिलगढीदेखि आधा घण्टाको दुरीमा पूर्वीचौकी गाउँपालिका–२, बाटेओखर रहेको छ। बाटेओखर सडक छेउमै खण्डहर बनेको नमुना बस्ती देखिन्छ। पहिलो पटक सो क्षेत्रमा पुग्नेलाई सिङ्गो गाउँ नै ठुलै विपत्मा परेर स्थानीय गाउँ छोडेर गएको जस्तो लाग्न सक्छ तर यो मानवरहित खण्डहर बस्तीको कथा भने बेग्लै छ।
आधुनिकतासँगै परम्परागत सामग्रीको उपयोग कम हुन थालेका बेला बाजुराका एक कर्मचारी भने निगालोबाट बनेका परम्परागत सामग्रीको प्रवर्धन गरी आम्दानीको राम्रो आयस्रोत बनाउँदै आएका छन्। बाजुराको बुढीगङ्गा नगरपालिका–४, साउँबाडाका कृष्णबहादुर खातीले गाउँगाउँबाट निगालाका सामग्री खरिद गरेर सार्वजनिक बिदाका दिन ती सामग्री बिक्री गरेर आम्दानी गरिरहनुभएको हो। उहाँ वडा कार्यालयको कर्मचारी हुनुहुन्छ। साताका छ दिन कार्यालयमै हाजिर हुनुपर्ने हुन्छ। शनिबार र बिदाको दिन भने उहाँ डोकाडाला र छाप्रो (रोटी राख्ने) लिएर प्रत्येक गाउँ बस्तीमा गएर बिक्री गर्दै आउनुभएको छ। कृष्णबहादुर भन्नुहुन्छ, “परिवार ठुलो छ, तलबले परिवार पाल्न मुस्कि
भैरवी गाउँपालिका–१ का जग्गाधनीले मुआब्जा लिन अस्वीकार गरेपछि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढ्न सकेको छैन। पेट्रोलियम पदार्थ अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा १५ परिवारको ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि मार्गदर्शन तयार गरेको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि सुरु गरेको तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ लुम्बिनी प्रदेशमा जारी रहेको छ। नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालका अनुसार प्रदेशका १२ वटै जिल्लामा रूपान्तरण अभियान जारी रहेको छ। नेताहरू गाउँ गाउँमा पुगेर जनतासँग छलफल गरिरहनुभएको छ। जनताका आधारभूत आवश्यकता र चाहना बुझ्ने काम भइरहेको छ।
भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ ।
मध्यबिन्दु नगरपालिका नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ऐतिहासिक महेन्द्र राजमार्गको ठिक मध्यभागमा पर्छ। यसको अवस्थिति अनुसार नाम रहेको छ। साबिक कोल्हुवा, नारायणी र तम्सरिया गाविस समेटेर नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट २०७२ असोज १ गते मध्यबिन्दु नगरपालिका स्थापना भएको हो। स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार साबिकका मैनाघाट, नयाँ बेलहानी, प्रसौनी र राकाचुली गाविससमेत समेटेर २०७३ फागुन २७ गते नेपालको संविधान, २०७२ अनुसार मध्यबिन्दु नगरपालिका बनेको हो। मध्यबिन्दु नगरपालिकामा २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ। मध्यबिन्दु नगरपालिकाको विकास गर्न उहाँ तल्लीन हुनुहुन्छ। विकासप्रेमी नेताका रूपमा अधिकारी परिचित हुनुहुन्छ। गोरखापत्रका पत्रकार मीना कँडेलले नगर प्रमुख अधिकारीसँग गर्नुभएको कुराकानी :
कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवम् धार्मिक महत्व बोकेको ठाउँ हो ।
वीरगन्ज महानगरपालिका–४, बिर्तामा रहेको बाल सुधारगृहका कैदीबन्दी बालकहरू मङ्गलबार रातिदेखि गरिरहेको प्रदर्शन रोकेर वार्तामा बसेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीले माग सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि वार्ता सफल भई स्थिति नियन्त्रणमा आएको छ ।
नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाले सामुदायिक विद्यालयलाई खेल तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । बर्दीबास उपशाखाले स्थानीय शुभेच्छुक एवं सहयोगीबाट प्राप्त करिब दुई लाख रुपियाँ बराबरका सामग्री बर्दीबास–९, पशुपतिनगरस्थित जनमुखी आधारभूत विद्यालयलाई मङ्गलबार हस्तान्तरण गरेको हो । उक्त अवसरमा रेडक्रसले विद्यालयमा दन्त परीक्षण शिविरसमेत सञ्चालन गरेको थियो ।
कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिनुभएकी सांसद रञ्जुकुमारी झा [ठाकुर] हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । उहाँ विगतमा नेकपा [एमाले] को सांसद रही प्रतिनिधि सभाको शिक्षासम्बन्धी समितिको सभापतिको अनुभव प्राप्त हुनुहुन्छ ।
स्थानीय चाडपर्वको बेला सांस्कृतिक मेला पर्व मनाउने क्रममा लगाउने बाक्पा (मुकुन्डो) निर्माण गर्ने सिपको संरक्षण गर्न स्थानीय बुढापाकाले माग गरेका छन् । पछिल्लो पुस्ता त्यस्ता सामग्री बनाउनेतर्फ चासो नै नदिने गरेको र सिप भएका पुराना पुस्ता वृद्ध हँुदै गएका कारण त्यस्ता सिप नै हराउने चिन्ता बढ्न थालेको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीहल्जी गाउँका थुक्देन तामाङ बताउनुहुन्छ । उहाँका अनुसार लिमीका तीन गाउँ यस्ता मुकुन्डो बनाउने स्थानीय चार जना मात्र ७० वर्षमाथिका वृद्धा रहेका छन् । उनीहरूबाट नयाँ पुस्ताले यो सिप सिक्ने र पुस्तान्तरण गर्न इच्छा नै देखाएका छन् । चाडपर्वमा नाचगान र सांस्कृतिक झाँकी प्रस्तुत गर्न बाक्पा व्रmमशः पुरानो हुँदै गएको र नयाँ बनाउन सिप हस्तान्तरण नहुँदा कला संस्कृति नै मासिने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अब स्थानीय तहबाट युवा पुस्तालाई यस्ता सिप सिकाउन प्रेरित गरिनु पर्छ ।”
नेपाली गीत/सङ्गीतको क्षेत्रमा करिब दुई दशकदेखि संलग्न कलाकार चेतन राईलाई सङ्गीतले थुप्रै अवसर प्रदान गरेको छ । उहाँ भन्नुहुन्छ, “सङ्गीतले देश/विदेशका थुप्रै मञ्चसम्म र लाखौँ श्रोता–दर्शकमाझ पुग्ने अवसर प्रदान गरेको छ । त्यसो त यस क्षेत्रमा चुनौती नभएका होइनन् तर चुनौतीसँग डराउनुभन्दा अवसरतर्फ ध्यान दिँदै अगाडि बढ्दै छु ।”
गत फागुनसम्ममा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ५५ लाख २६ हजार ७०४ जना पुगेको थियो । स्वदेशमा गरी खाने उपाय नदेखेर वा नपाएर विदेश गएका नेपाली श्रमिकले खर्बौं रुपियाँ विप्रेषण पठाउने गरेका छन् र त्यो आय मुलुकको अर्थतन्त्र थेग्ने गर्विलो स्रोत बनेको छ । नेपाल सरकारले १११ देशसँग श्रम सम्झौता गरी युवा श्रमशक्ति निर्यात गर्दा बेरोजगारलाई रोजगारी प्राप्त भएको त छ तर ती युवाले कति हण्डर सहनुपरेको छ भनिसाध्य छैन । आफू