पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियु निर्वाचन समितिले राजीनामा दिएको छ। निर्वाचन समितिले एक विज्ञप्ति निकाल्दै निर्वाचन समितिको कार्यालयमा तोडफोड र तालाबन्दी गर्ने, निर्वाचन समितिका सदस्यको निष्ठामाथि प्रश्न गर्ने र सदस्यहरूमाथि भौतिक आक्रमण गर्ने जस्ता क्रियाकलाप भएपछि राजीनामा दिइएको जनाएको छ। समितिका निर्वाचन अधिकृत विकास केसीको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा विद्यार्थी सङ्गठनको यस्तो गतिविधिले निर्वाचन समितिलाई काम गर्नसमेत असहज भएको उल्लेख गरिएको छ।
प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर घना जङ्गलको बीचमा छ। मध्यपहाडी लोकमार्गदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको मन्दिर पुग्न जङ्गलको बाटो भएर पैदल यात्रा गर्नुपर्छ। मन्दिरसम्म पुग्न जङ्गलको बीच भागबाट टायल ढुङ्गा बिछ्याएर आकर्षक र सहज पदमार्ग निर्माण गरिएको छ। बाटोको दुवैपट्टि तारबार गरेर व्यवस्थित छ। साल, सल्लाजस्ता ठूलाठूला रुखको घनाजङ्गल मन्दिरको अतिरिक्त प्रकृतिप्रेमीका लागि गन्तव्य स्थल हो। धार्मिक आस्था र विश्वासले कालिका मन्दिर यसै पनि चर्चित छ। मौलिकता तथा पुरातात्त्विक झल्कने गरी निर्माण गरिएको मन्दिरका संरचना, विभिन्न प्रकारका देवीदेवताका मूर्ति तथा मन्दिरहरू, मन्दिर आसपासको करिब एक सय मिटरभित्र राखिएका सयौँ घण्टाले मन्दिरमा आकर्षण थपेको छ। कालिका मन्दिरमा परेवाको बलि निषेध गरेपछि सयौँको
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार बुटवलको शिद्धेश्वरी चौरमा सुरु भएको छ ।
सुक्खायाम नलाग्दै सिन्धुपाल्चोकका दलित बस्तीमा खानेपानीको हाहाकार भएको छ। वर्षौंदेखि खानेपानीको हाहाकार भएपछि दलित समुदायमा स्वास्थ्य समस्यासमेत देखा पर्ने गरेको छ। सुनकोशी गाउँपालिका–४, यमुनाडाँडाका मिजारटोल, नेपाली टोल, विक टोलमा वर्षौंदेखि खानेपानी र अन्य उपभोगका लागि पानीको चरम अभाव छ। उक्त स्थानमा सयभन्दा बढी घरधुरी दलित समुदायको बसोबास रहेको छ। बलेफी गाउँपालिका–५, विन्ज्यालका डेढ सय घरधुरीका दलित समुदायले वर्षौंदेखि खानेपानी उपभोग गर्न पाएका छैनन्। एक गाग्रो पानी ल्याउन पनि डेढ घण्टाभन्दा बढी समय लगाएर ल्याउनुपर्ने समस्या भोग्दै आएको उक्त स्थानकी विष्णुमाया नेपालीले पीडा सुनाउनुभयो।
आफूले दायर गरेको मुद्दामा विशेष अदालतबाट भएकोे फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा मुद्दामाथि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले दाबी गरेको प्रतिवादी ताराकुमारी श्रेष्ठ, अनिश जोशी र राम खड्काको मुद्दामा विशेष अदालतले गत कात्तिक २ गते फैसला गर्दै सफाइ दिएको थियो । तीनै जनालाई घुस लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको थियो ।
विश्व चर्चित ओस्कार अवार्डमा रेड कार्पेट नहुने भएको छ । नेपाली समयानुसार मङ्गलबार ओस्कार अवार्डको समारोह रातो कार्पेटको सट्टा स्याम्पेन रङको कार्पेटमा हुनेछ । विश्व फिल्म र सङ्गीतका चर्चित सेलिब्रिटी विभिन्न स्टाइल र फेसन सेन्ससहित कार्पेटमा प्रस्तुत हुनेछन् ।
विशेषगरी क्षत्री समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक गाउनप्रति महिलाको आकर्षण बढ्दै गएको छ । परम्परादेखि लगाउँदै आएको पोसाक गाउन बीचको केही समय लोप हुने अवस्थामा पुगेको भए पनि पछिल्लो समय महिलामा सो पोसाकमा चासो बढ्दै गएको हो ।
चार वर्ष अगाडिसम्म गलकोट नगरपालिका–२ तोरीखोलाका महिला घाँस दाउरा र चुलोचौकोमै व्यस्त हुन्थे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नामक आत्मवृत्तान्त पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । पुस्तकमा नेपाली चिकित्सकले भोग्नुपर्ने समस्या, भोगेका समस्या, डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीति र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ ।
युवा पुस्तामा ‘फेसनेबल’ तथा अरूभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको एक चिम्टी छालामा सानो प्वाल पारेर गहनालाई स्थायी रूपमा राखिन्छ । यसरी राखिएको कुनै पनि गहना सहजै फुकाल्न वा फेर्न भने सकिँदैन । काठमाडौँकी रिनी गुरुङले घाँटीमा डर्मल गराउनुभएको छ । घाँटीमा चम्किलो वस्तु देखिनु यसको विशेषता हो ।
बर्दिबासमा अत्याधुनिक कृषि प्रणालीसहितको हरित गृह (ग्रिन हाउस) स्थापना गरिएको छ। आधुनिक कृषि प्रणालीसहितको समायोजन केन्द्र (सेन्टर अफ एक्सिलेन्ट) बनाउने उद्देश्यले बर्दिबासमा स्थापना गरिएको ‘मोडेल एग्रो भिलेज’अन्तर्गतको यो महत्वाकाङ्क्षी परियोजना हो। यसका लागि बर्दिबास–७ स्थित किसान नगरमा ‘बागवानी उत्कृष्टता केन्द्र’ (सेन्टर अफ एक्सिलेन्स फर हर्टिकल्चर) निर्माणाधीन छ।
कोशी प्रदेश नामाङ्कन खारेज गरी पुनः नामकरण गर्न माग गर्दै आइतबार आह्वान गरिएको प्रदेश बन्दले पूर्वी नेपालको जनजीवनमा आंशिक प्रभाव परेको छ। पहिचानका आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्दै संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दले कोशी प्रदेशका अधिकांश जिल्लामा जनजीवन आंशिक प्रभावित बनेको हो।
रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुई हजार ६६५ जना, पुसमा दुई हजार ५०६ जना र माघ महिना दुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ ।
भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि दातृ निकायले निर्माण गरिदिने दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै पुनर्निर्माण भइसकेका छैनन्। भवन पुनर्निर्माण नहुँदा कतिपय विद्यालय कटेरोमै पठनपाठन गर्न बाध्य भएका छन्। भारत सरकारद्वारा गत २०७७ चैतदेखि सुरु भई २०७८ जेठ महिनामा सम्पन्न गर्ने गरी ७४ करोड ८१ लाख ६५ हजार रुपियाँको लागतमा केही विद्यालय पुनर्निर्माण भएका छन्। बन्दाबन्दीको समयमा पनि धमाधम पुनर्निर्माण सुरु भएका १० वटा विद्यालयमध्ये भीम मावि दोलखा, कालीढुङ्गा मावि मिर्गे र गुप्तेश्वर मावि मालु मात्र सम्पन्न भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो।
आयात अत्यधिक बढेपछि अघिल्लो वर्ष यसै समयमा विदेशी मुद्रा सञ्चिति घट्दो प्रवृत्तिमा थियो । अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विदेशी मुद्राको सञ्चितिलाई सुधार गर्न सरकारले वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध नै लगायो । त्यसअघि नेपाल राष्ट्र बैङ्कले आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दै झन् कडाइ गरेको थियो ।