उपराष्ट्रपति रामसहायप्रसाद यादवले भविष्यका कर्णधार बालबालिकालाई संविधानप्रदत्त हक, अधिकार प्रत्याभूत हुने गरी कार्य गर्न अझ बढी सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना दिँदै उहाँले सो आवश्कता औँल्याउनुभएको हो। उहाँले यस दिवसलाई नारा र औपचारिकतामा मात्र सीमित नराखी त्यसको कार्यान्वयनमा जोड दिन सुझाउनुभएको छ।
सङ्घीय निजामती सेवा विधेयक मा संसदमा दर्ता गर्ने अन्तिम तयारी गरिएको छ। भदौ २१ गते सरकारले शिक्षा र सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको थियो। बुधबार शिक्षा विधेयक संसद्मा दर्ता भइसकेको छ भने सङ्घीय निजामती सेवा विधेयक भने संसद्मा अझै दर्ता हुन सकेको छैन।
दार्चुलाको व्याँस गाउँपालिका –१ टिंकरस्थित चीनसँगको सीमाक्षेत्र छायालेकमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ।
लुम्बिनी प्रदेश सरकारले थारु समुदायको पर्व अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रदेशका जिल्लामा उत्पादन भएका वस्तुको सहज बजारीकरण गर्ने तथा एक जिल्लाको उत्पादन सम्बन्धी अनुभवलाई अन्य जिल्लामा साटासाट गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागंगोडा लाबेबीच मुस्ताङको कागबेनी पुनः निर्माण र पुनर्स्थापनाका विषयमा पोखरामा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा कर्मचारी भर्ना तथा छनोटमा विवाद देखिएको छ।
सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड रुपियाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको एक जना भन्सार अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सकमाथि हातपात गर्नेलाई तुरुन्त कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
नेपाल र चीनको सिमाना रहेको हिल्साको नेपालपट्टी सडक पक्की ढलान गरिएको छ । हिल्सा बजारक्षेत्रको धुलाम्मे सडकलाई सघन सहरी विकास कार्यालयले सडकलाई पक्की ढलान गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा पर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवम् प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।