चिकित्सकमाथि भएको कुटपिटको घटनाको विरोधमा हेटौँडा अस्पताललगायतका स्वास्थ्य संस्थाहरूको सेवा शुक्रबार बिहानबाट बन्द गरिएको छ । चिकित्सकहरूमाथि दुर्व्यवहार भएको घटनालाई लिएर सेवा बन्द गरेको जनाएको छ ।
नेपाल साल्ट टेड्रिङ कर्पोरेसनले अनुदानमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुनमा ढुङ्गालगायत अखाद्य पदार्थ मिसाइएको पाइएको छ। कम्पनी शाखा कार्यालय मुगुले दिँदै आएको आयोडिन नुनमा ढुङ्गा र दालका टुक्रा पाइएको छ। छायानाथ रारा नगरपालिका–१ कि सेवाग्राही भुकुटी रावत भामले साल्ट टेड्रिङ कर्पोरेसन शाखा कार्यालय मुगुबाट लगेको आयोडिन नुनमा ढुङ्गा भेटिएको बताउनुभयो। उहाँका अनुसार नुनमा ढुङ्गाका टुक्रा भेटिएपछि नुनलाई पानीमा राखेर प्रयोग गर्ने गरिएको छ। उपभोक्ता हित संरक्षण मञ्च मुगुका चित्रबहादुर मल्लले दुर्गमका जनताले जस्तो पाए पनि खान्छन् भन्ने हिसाबले कर्णालीमा गुणस्तरीय जाँच नगरी प्रादेशिक लिमिटेड कार्यालयले नुन पठाएको बताउनुभयो।
नेपालमा साक्षरता अभियान सुरु भएको २७ वर्षपछि सुर्खेत जिल्ला साक्षर घोषणा गरिए पनि कर्णालीमा अझै केही जिल्ला साक्षर हुन सकेको छैन। कर्णाली प्रदेश सरकारले पाँच वर्षअघि साक्षर घोषणा अभियान थालेको थियो। आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानसहित प्रदेश सरकारले दुई करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। तथापि अभियान थालनी भएको पाँच वर्ष बित्दासमेत कर्णाली साक्षर हुन सकेको छैन।
ढकारी गाउँपालिका–८, घोडासैनका दुर्गा जैसी मकैबारीमा रात बिताउन लागेको एक महिना बित्यो तर दुःख गरी लगाएको मकै पाक्ने बेलामा बँदेलबाट बचाउन सक्नुभएको छैन। “गडा (गह्रा) का धार (छेउ) मा पाल हालेर रातभर बस्न लाग्याका एक महिना भयो, त्यै पनि बँदेलले केही राखेन” जैसीले भन्नुभयो, “बारीमा मकै पाक्न थालेपछि बँदेलको बथान नै आउने थालेको छ।” घोडासैन अर्का किसान पुस्कर उपाध्यायले बारीकै छेउमा बसेर हुलमा आउने बँदेल धपाउन नसकेकोमा ठुलो चिन्ता छ। “दिउँसो बाँदर, राति बँदेल। लगाएको खेती त जङ्गली जनावारको आहारा बन्यो, हामी त त्यसै मर्ने भयौँ,” पुस्करले भन्नुभयो।
सेती लोकमार्ग अन्तर्गत बझाङको खप्तडछान्ना गाउँपालिकामा निर्माणाधीन तीन वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ। निर्माण (ठेकेदार) कम्पनीको लापरबाहीका कारण सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेका छैनन्। सेती लोकमार्ग दक्षिणी खण्ड आयोजना कार्यालय अछामले २०७५ सालमा बोलपत्र आह्वान गरेर निर्माण कार्य सुरु गरेको थियो। सम्झौतापछि निर्माणको काम सुरुवात गर्न ठेकेदार कम्पनीले ढिला सुस्ती गरेका कारण तीनवटै पुलको निर्माण रोकिएको हो।
तिज पर्व मनाउँदा सँगसँगै महिलाका नयाँ मुद्दा उठाउनुपर्नेमा जोड दिइएको छ । चाडपर्व मनाउँदा हक अधिकारलाई अझ बढी मुखरित गर्नुपर्नेमा जोड दिइएको हो । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ तथा तिज मिलन कार्यक्रममा बोल्ने वक्ताले समय अनुसार महिलाका नयाँ मुद्दा उठाउनुपर्नेमा जोड दिएका हुन् ।
लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशन कानुन निर्माणको हिसाबले सफल देखिएको छ । पहिलो कार्यकालमा समेत बन्न नसकेका विधेयक दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा पारित भएकाले कानुन निर्माणका हिसाबले सफल भएको प्रदेश सभा सदस्यको दाबी छ । लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारूले दोस्रो अधिवेशनमा कानुन निर्माण गर्नेदेखि कानुन निर्माणका विषयमा धेरै मन्थन भएका कारण पनि सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी प्रदेश सभा सदस्यको मुख्य काम भनेकै कानुन निर्माण हो, यसमा अघिल्लो कार्यकालमा भन्दा सुधार देखिएको छ । अबको ध्यान कानुन निर्माणसँगै त्यी कानुनको कार्यान्वयन पक्षलाई पनि ख्याल गनुपर्ने छ ।” लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनबाट चार वटा विधेयक पारित भएका छन् । पहिलो अधिवेशनको तुलनामा दोस्रो अधिवेशन कानुन निर्माणमा सफल मानिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुुन्छ ।
मुस्ताङको कागबेनीका बाढीपीडितलाई ४० लाख रुपियाँभन्दा बढी राहत रकम हस्तान्तरण गरिएको छ। मुस्ताङ बाह्गाउँ लोछोदुन सेवा सङ्घ काठमाडौँद्वारा सङ्कलन गरिएको चालिस लाख ३५ हजार ५९५ रुपियाँ बाढीपीडितलाई प्रदान गरिएको हो। काठमाडौँमा बसोबास गर्ने सङ्घमा आबद्ध २११ जनाबाट उक्त रकम सङ्कलन गरिएको हो। गत साउन २८ गते कागखोलामा आएको बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा ठुलो मात्रामा भौतिक क्षति पुगेको थियो। कागबेनीका बाढीपीडितको राहतका लागि विभिन्न संस्था राहत सङ्कलनमा जुटेका छन्।
म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् ।
दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।
पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–३, जुल्पेटारका यम खाम्चा बोल्न र हातको सहायताले केही पनि गर्न सक्नुहुन्न। जन्मजात नै शारीरिक रूपमा अशक्त खाम्चाले खुट्टाले भने काम गर्नुहुन्छ। साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई पनि उहाँ जस्तै साहित्यकार बन्ने रहर छ।
सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ ।