हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटना प्रकरणमा दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ ।
सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।
बाँकेका पत्रकारका आँखामा सुख्खापनको समस्या देखिएको छ । १५औँ स्थापना दिवसको अवसरमा अवधि पत्रकार सङ्घ नेपाल केन्द्रीय समिति नेपालगन्जले नेपाल नेत्रज्योति सङ्घ फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको सहयोगमा पत्रकारहरूको निःशुल्क आँखा जाँच गरेको थियो ।
पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच पोखरा महानगरपालिकामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी पारस्परिक प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।
गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । रु दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु गरिएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले सेवाको सुरुवात गर्नुभएको हो ।
बागमती प्रदेश सभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेश सभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ ।
पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज आएको छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रबार उडान भरेको छ ।
कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कच्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो ।
गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । यो शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना महिलाले आरोहणको अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ ।
हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।