पालनका लागि अग्ला पाटनमा लगिएका भेडी गोठहरु बेंसी (होचा) तर्फ झार्न सुरु गरिएको छ । चार हजार पाँच सयदेखि पाँच हजार मिटर अग्ला स्थानमा चिसो बढ्न थालेपछि भेडी गोठालाले बेंसीतर्फ भेडी गोठ सार्न सुरु गरेका हुन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठले हुलाक सेवालाई जीवन्त राख्न स्मार्ट बनाउन जरुरी रहेको बताउनुभएको छ ।
उदयपुर जिल्ला अस्पतालमा कार्यरत डा. शसिरञ्जन प्रधान, डा. राहुल यादव, डा. सन्दिप राउत, डा.दिपेश यादव, डा. प्रशान्त सुवेदी, डा. निरज चौधरी लगायत २० जना चिकित्सकहरुले हेडौँडा घटनाबाट आफूहरु मानसिक रुपले विछिप्त अवस्थामा रहेको र यस्तो स्थितिमा बिरामीहरुको उपचार सेवामा संलग्न हुन नसकिने विज्ञप्तिमा उल्लेख छ।
यसपालीको तीज हिलाम्मे नहुने भएको छ । असोज १ गते पर्ने महिलाको महान चाड हरितालिका तीजको दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसम विज्ञान विभागले जनाएको छ ।
क्षय रोगबाट पीडित बर्दिबास १४ स्थित नमुना बस्तीका २६३ जना मुसहर समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।
कालीगण्डकी कोरिडोर खण्डमा आजदेखि रातको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ । सो सडक निर्माणका क्रममा रहेकाले कोरिडोर खण्डमा रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी सहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
नवलपुरको कावासोतीमा अवस्थित कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ ।
नेकपा(एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ।
जिल्लाको उत्तरी विगु गाउँपालिकाको सिंगटी बजारमाथिको तपतपे ढुङ्गा व्यवस्थापनपछि सिंगटीबासीको त्रास हटेको छ ।
निःशुल्क ब्लड बैङ्क सञ्चालनको लागि एक करोडको अक्षयकोष स्थापनाको लागि सिन्धुली समाज अमेरिकाले १० लाख भन्दा बढी सहयोग प्रदान गरेको छ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार वि.सं. २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाले आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैँडाको आक्रमणबाट बेलडाँडी नगरपालिका–२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो ।
अर्जुन चौपारी गाउँपालिका ६ तमाखुबारीका १२५ घरधुरीमा नियमित विद्युत सुनिश्चितताको माग गरेका छन्।