बाजुराका विभिन्न ठाउँमा अभिभावककै कारण बालविवाह न्यूनीकरणमा समस्या हुन थालेको छ। अभिभावकले बालविवाह रोक्न लाग्नुपर्नेमा उल्टै उनीहरूलाई संरक्षण दिन थालेपछि बालविवाह न्यूनीकरणमा समस्या हुन थालेको हो। बुढीगङ्गा नगरपालिका नगरस्तरीय बाल क्लबका कोषाध्यक्ष रेखा नेपालीका अनुसार आमाबुवा र छोराछोरीको मिलोमतोमा बालविवाह हुन थालेपछि न्यूनीकरणमा समस्या आएको छ। अभिभावककै मिलोमतोमा बालबालिकाले सानै उमेरमा पढाइ छोडेर विवाह गर्न थालेका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधारको विकास गरे पनि गाउँ छाडेर हिँड्ने प्रवृत्ति बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। पर्वतको कुस्मा नगरपालिका–१४ को वडा कार्यालय भवन शिलान्यास तथा पञ्चकोशी माविको चारकोठे भवन उद्घाटन गर्दै उहाँले गाउँमा पूर्वाधार बन्दै जाने तर विकास भएन भन्दै गाउँ छाडेर हिँड्ने प्रवृत्ति भएको बताउनुभयो।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पत्रकारिता क्षेत्रमा कोषराज रेग्मीले देख्नुभएको सपना यस पुस्ताका पत्रकारहरूले पूरा गर्नुपर्ने बताउनुभएको छ। पीताम्वर खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने कोषराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० धर्मेन्द्र झालाई शुक्रबार प्रदान गर्दै उहाँले यस्तो बताउनुभएको हो। पत्रकारहरूको जग भनेको सम्प्रेषित सत्य समाचार नै हो उहाँले भन्नुभयो।
काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आउने भएको छ। शुक्रबार एक समारोहबिच डा. अनिलले प्रकाशन गर्न लाग्नुभएको ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भएको हो। उहाँकी धर्मपत्नी मनीषा श्रेष्ठ र छोरी अनिशा अनिलले कभर फोटो सार्वजनिक गर्नुभएको हो। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकका प्रमुख भन्सार विन्दुहरूमा सुविधायुक्त गोदाम घरको व्यवस्थासहित तेस्रो मुलुकबाट हुने व्यापार–व्यवसायको क्षेत्रमा आवश्यक सहजीकरण गरी लागत घटाउन सक्दो प्रयास गर्ने बताउनुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सङ्गठनको भौतिक सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको संरक्षण, स्याहार, शिक्षा र स्वास्थ्यमा पहुँचका लागि स्थापना गरिएको बाल सङ्गठनको नाममा देशभर छरिएर रहेका भौतिक सम्पत्तिको व्यवस्थापनमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै त्यसको व्यवस्थापन गर्ने बताउनुभएको हो।
मान्छेका इच्छा र चाहना असीमित छन्। सोख र प्रतिभालाई जतिसक्यो बढावा दिन खोज्छ। त्यसैले त सुरेन गौतम भिन्न क्षेत्रमा पनि खुलेर प्रस्तुत हुनुभयो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्नुहुने उहाँले २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराउनुभयो। सोही गीतबाट उहाँले साङ्गीतिक आकाशमा अभ्यस्त हुने प्रयास गरिरहनुभएको छ।
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो ।
विदुर नगरपालिका काठमाडौँ उपत्यकाको उत्तरपश्चिम ६९ किमि दुरीमा अवस्थित छ। १३ वडामा विभाजित यो नगरपालिका १३०.०१ वर्ग किलोमिटरमा फैलिएको छ। ‘शिक्षा, संस्कृति, कृषि र पूर्वाधारको अभियान, दिगो व्यापारिक केन्द्र विदुरको स्वाभिमान’ मूल मन्त्र बनाएको यो नगरपालिका नुवाकोट जिल्लाको सदरमुकाम र चीन/तिब्बतसँगको व्यापारको मुख्य मार्ग पनि हो। यो नगरपालिकाको प्रमुखमा स्थानीय तहको दोस्रो निर्वाचनबाट राजन श्रेष्ठ निर्वाचित हुनुभएको छ। नगर प्रमुख श्रेष्ठसँग नगरपालिकाका विकास गतिविधि, सम्भावना र चुनौतीबारे गोरखापत्रका नवराज सुवेदीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।
दोलखाको भीमेश्वर नगरपालिकाको आयोजना तथा भीमेश्वर नगर बाल सञ्जालको संयोजनमा जनप्रतिनिधिसँग बालबालिकाको अन्तर्क्रिया कार्यक्रम गरी ५९ औँ बाल दिवस मनाइएको छ। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ मूल नाराका साथ मनाइएको सो कार्यक्रममा नगरभित्रका १९ विद्यालयका विद्यार्थीले विभिन्न किसिमका ३६ वटा प्रश्न सोधेका थिए। विद्यार्थीले उठाएका प्रश्नमा दिवा खाजा, सेनेटरी प्याड, बाल क्लब, विद्यार्थी सहभागितालगायत रहेका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो।
निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली सङ्कलन र निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन तथा विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि तयार गरेको छ। आयोगले तयार भएको कार्यविधि चार वटा मन्त्रालयमा रायका लागि पठाएको जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुहुँदै छ। उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लाग्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण : २०३० एजेन्डा
लेखा प्रणाली पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ राजनीतिक दलमध्ये २४ दलले मात्रै तोकिएको जरिबाना बुझाएका छन्। आयोगको गत साउन १ गतेको बैठकले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने, प्रतिवेदन बुझाए पनि सार्वजनिक नगर्ने, प्रतिवेदन समयमा नबुझाउँदा स्पष्टीकरण माग गरिएकोमा चित्तबुझ्दो जवाफ पेस नगर्ने दललाई जरिबाना तोकेको थियो।