नेकपा (एमाले) ले संविधान सभाका अध्यक्ष स्व सुवास नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले वर्तमान विज्ञान र प्रविधिको युगमा प्रहरीले अपराध वा कुनै घटनाको अध्ययन अनुसन्धानमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विज्ञान प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा अवैधरुपमा सुन तस्करी भएको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ ।
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा सुविधा सम्पन्न हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को निर्माण गरिएको छ ।
ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुँडिँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उहाँमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वालस्ट्रिट जर्नलले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताउनुभएको छ ।
दाङको सातौँ जिल्ला सभा सुरु भएको छ । सभाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो ।
रुकुम–पश्चिमको चौरजहारी बजार नयाँ सहरको रूपमा विकसित भइरहेको छ । गुणस्तरीय सडक, विद्युत, बसपार्क, ढल निकास, सामुदायिक तथा एकीकृत भवनलगायतका संरचना निर्माण हुन थालेपछि सो सहरको रूप फेरिने भएको छ ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा शुक्रबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जलेश्वर नगरपालिका वडा नं. ८ बजराही बस्ने पङ्कज ठाकुरको ४ वर्षीय छोरा प्रियंन्सराज ठाकुरको डुबेर मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ ।
गुल्मीमा एक वर्षमा दश हजारभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाइकल, लगायतका दश हजार ९७ सवारीसाधन कारबाहीमा परेका हुन् ।
दाङमा छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका –५ दलजितपुरमा २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।