नेकपा (एमाले) ले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ।
सुनसरीको गढी गाउँपालिका–५ मा निःशुल्क सेवा प्रवाह गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरिएको छ ।
मानसरोवर बहुमुखी क्याम्पस सिमकोटमा स्ववियु पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएको घोषणा गरिएको छ । क्याम्पसले एक औपचारि कार्यक्रम सञ्चालन गरेर निर्विरोध निर्वाचित पदाधिकारी र सदस्य घोषणा गरेको हो ।
दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी–२० क्रिकेट प्रतियोगिता यही मार्च १८ देखि २५ तारिखसम्म मुलपानी क्रिकेट मैदानमा हुने भएको छ ।
पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महरेडाँडामा आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
भरूवा बन्दुक पड्किँदा किशोरको मृत्यु घटनाका फरार ४० वर्षीय आइते रावत पक्राउ परेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका रावत स्वारा ज्युलामा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो ।
अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम सुरु भएको छ।
खोटाङस्थित मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर–दिक्तेल सडक खण्ड कालोपत्रेको काममा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् ।
लघुवित्त र मिटरब्याजी पीडितले काठमाडौंमा आन्दोलन गरेका छन्।
नेपाल खेलकुद महासङ्घ, राष्ट्रिय जुडो सङ्घ र नेपाल जुडो सङ्घको संयुक्त आयोजनामा शुक्रबार र शनिबार नेकोस छैटौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।
यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज (मङ्गलबार) भने सामान्य अङ्कको सुधार देखिएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षका भिन्सेन्जो अल्बर्टो एनेसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निमार्ण गर्ने बताउनुभएको छ ।