प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो प्राथमिकता आर्थिक रूपान्तरण हो भएको बताउनु भएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौं, भदौ २९ गते। गायक आनन्द कार्की र गायिका मिलन नेवारको स्वर रहेको एकै पल्टमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक कार्कीको अफिसियल च्यानलबाट रिलिज गरिएको गीतमा प्रकाश पुञ्जका शब्दमा शिखर सन्तोषले संगीत भर्नुभएको हो। जसमा फणिन्द्र राईको एरेन्ज रहेको छ। प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ।यात्राको क्रममा देखभेटपछि झांगिदै गएको प्रेमलाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ। र्याम्प हुँदै म्यूजिक भिडियोमा व्यस्त सुशान्तका यसअघि छाडी गयौ, एक चोटी त बोलिदेउ, निधारैमा टिकीलगायतका भिडियो बजारमा आइसकेका छन्। सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गर्नुभएको हो भने कलरिङ र सम्पादनमा विष्णु खड्काले मेहनत गर्नुभएको छ।
बाँकेमा गत केही दिनयता इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्दै गएपछि सो रोग समुदायमा फैलिएकाले सावधान रहन चिकित्सकले सुझाव दिएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घको निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार सपथग्रहण गराइ प्रमाणपत्र प्रदान गरिएको छ । भदौं २ गते सङ्घको निर्वाचन अन्तर्गत मतदान भएकोमा भदौं ४ गते मत गणना सम्पन्न भएको हो ।
न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ ।
संविधान दिवसको अवसरमा सरकारले राष्ट्रपतिबाट प्रदान गर्ने विभूषण वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
पोखरा महानगरमा ४७ नगर प्रहरी थपिएका छन्। अब महानगरमा नगर प्रहरीको सङ्ख्या ७६ पुगेको छ। शुक्रबार दीक्षित भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन्।
पर्यटकीय क्षेत्र रामारोशनमा लामो अवधिसम्म बस्ने अनुमति नभएपछि विदेशीलाई अछामका विभिन्न नाकामा रोकिएको छ । अनुमति नआउँदासम्म अछाम प्रवेश गर्ने मुख्य नाका चौखुट्टे, बेलखेत र अछाम प्रवेश गरिसकेकालाई रामारोशन, जयगढमा रोकिएको छ ।
पतञ्जली योग समिति गुल्मीले योग प्रशिक्षक तयार पार्ने उद्देश्यले योग प्रशिक्षण सञ्चालन गर्ने तयारी गरेको छ । ‘घर–घरमा योग जन–जनमा योग’ भन्ने मुख्य नाराका साथ सदरमुकाम तम्घासमा ११० घण्टा भौतिक योग कक्षा सञ्चालन गर्न लागिएको पतञ्जली योग समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।
आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ ।
गुल्मीको किरण पुस्तकालयले यस वर्षको जानकी साहित्य पुरस्कार आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर धुर्कोट गाउँपालिका–५ वस्तुमा २०१६ जेठ ५ गते जन्मिनुभएका भण्डारीलाई प्रदान गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाले आक्रमण गरी आज एक महिलाको ज्यान लिएको छ । निकुञ्जको कोर एरिया कालीकिच ताल क्षेत्रमा गैंडाको आक्रमबाट बेलडाँडी नगरपालिका –२ की ४६ वर्षीया बेलमति बुढाको ज्यान गएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।