सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहनुभएको छ ।
बाँकेमा इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या बढेको छ । भेरी अस्पतालमा आएका बिरामीको नमुना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन समेत रहनुभएका कन्सल्टेन्ट फिजिसियन डा.खगेन्द्रजंग शाहले जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक संघले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गर्नुभएको छ ।
राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ ।
सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले जोड दिनुभएको छ ।
विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ ।
नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली जगानाथ बूढीनन्दा र स्वामिकार्तिक स्थानीय निकायमा उत्पादन गरिएको स्याउ बारीमै थन्किएको छ । यहाँका किसानको स्याउ बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना भएपनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा त्यो स्याउ बारीमै थन्किएको हो ।
बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरू’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखूँ सहयात्रीको शब्द, गायक तथा सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक अमृत छेत्रीको सङ्गीत तथा योगेश काजीको सङ्गीत संयोजनमा गीत तयार भएको हो ।
केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।
धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान बन्ने बताउनुभएको छ ।
खेलाडीहरूले पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना जगाउँदै एकीकृत प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
रुसी सरकारले दुई जना अमेरिकी कूटनीतिज्ञलाई निष्कासन गरेको छ । मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्कासन गरिएको हो ।