• ११ पुस २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक

blog

काठमाडौं, भदौ २९ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेबाट नयाँबानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो ।

बैठकमा सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को १ बमोजिम जानकारी गराउनुहुने कार्यसूची रहेको छ ।

सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसरा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहने छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल एने संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।