नेपाल प्रहरीमा रही ३० वर्षको राष्ट्रसेवापछि केही समयअघि मात्र सक्रिय राजनीतिमा आउनुभएका रामप्रकाश चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी कोरिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ ।
आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । हङकङबाट एयर प्यासिफिकको विमान हुँदै गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १५५ थान ‘ब्रेक सु’ को पोकोभित्र लुकाएर तस्करी भएको सुन साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो तस्करी र त्यससँग जोडिएका अरू घटनाको अनुसन्धान सकेर बुधबार जिल्ला सर
मासुको सेवन वा प्रयोगबाट मानिसमा सर्ने धेरै रोग छन् । जसलाई मासुजन्य रोग भनिन्छ । यीमध्ये केही रोग प्राकृतिक रूपमा जनावर र मानिसबिच सर्ने गर्दछन् र तिनीहरूलाई जुनोटिक रोग भनिन्छ । यसमा ब्याक्टेरिया, भाइरल, माइकोटिक र परजीवी जुनोटिक रोगहरू समावेश छन् । जुनोटिक रोगको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । जङ्गली जनावरको प्राकृतिक बासस्थानमा मानव घुसपैठ जुनोटिक रोगहरूको सङ्ख्यामा यो व्रmमिक वृद्धिको पछाडि एक कारण हो । वधशालामा काम गर्ने कामदार, उपउत्पादन प्रयोग गर्ने प्लान्ट र भेटेरिनरी डाक्टरहरूलाई जुनोटिक रोग लाग्ने बढी जोखिम रहने गर्छ । अनुचित पूर्वमार्टम र पोस्टमार्टम निरीक्षणको कारणले रोगी जनावर मासु शृङ्खलामा प्रवेश गर्न सक्छन् ।
पाँचथरको हिलिहाङमा सिउँडी फल (ड्र्यागन फ्रुट) को व्यावसायिक उत्पादन सुरु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिकामा यसको उत्पादन सुरु भएको हो । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजालले यो फल उत्पादनका लागि झन्डै एक सय रोपनी जग्गा व्यवस्थापन गर्नुभएको छ । जसमध्ये झन्डै ३५ रोपनी क्षेत्रफलमा लगाइएका बेर्नाले उत्पादन दिन थालेका हुन् ।
संयुक्त राष्ट्रसङ्घले सन् २००७ मा हरेक वर्षको १५ सेप्टेम्बरलाई लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेयता बर्षेनि लोकतन्त्रसँग सम्बन्धित महत्वपूर्ण एवं ठोस मुद्दामा केन्द्रित गरेर बहस र संवाद चलाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले ‘आउँदो पुस्ताको सशक्तीकरण’ लाई यस वर्षको लोकतन्त्रसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको मूल नाराका रूपमा प्रस्तुत गरेको छ । अन्तर्राष्ट्रिय दिवसका रूपमा १५ सेप्टेम्बर त्यति धेरै चर्चित नरहेको भए पनि संयुक्त राष्ट्र
पूर्वी नवलपरासी दुधमा आत्मनिर्भर बनेको छ । यो जिल्लाबाट वार्षिक दुई अर्ब ८० करोडको दुध बाहिर निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा यो परिमाणको दुध निर्यात भएको जिल्ला दुग्ध सहकारी संस्थाले जनाएको छ ।
विश्वभर जलवायु परिवर्तनको असरबारे चासो र चिन्ता छ । प्राकृतिक जोखिम दिनप्रतिदिन बढ्दै गएको र मानवीय जीवनका लागि आवश्यक जलस्रोत, वातावरण, उत्पादन जस्ता क्षेत्रमा देखिएको प्रभावले चिन्ता थपिँदै गएको छ । हिमालै हिमालको देश नेपालमा हिउँको मात्रा घट्दै जानु, हिमनदीहरू फुट्ने जोखिम बढ्नु, लामो समयसम्म खडेरी परेर कृषिजन्य वस्तुको उत्पादनमा कमी आउनु, पानीका मुहानहरू सुक्दै जानु अनि क्षणभरमै बाढी र डुबानले जनधनको क्षति हुनुलाई जलवायु परिवर्तनको असर मानिन्छ । यसका निम्ति विकसित देशले प्रभावकारी कार्यक्रम र योजना अघि सारेका छन् ।
व्यवसाय बिस्तारै खस्कँदै गएपछि व्यवसायी पलायन हुँदा देशकै मध्य भागमा रहेको मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै धेरै भाडाका घर खाली हुन थालेका छन् ।
सिराहा जिल्लाको पुरानो औद्योगिक क्षेत्रसमेत रहेको राष्ट्रिय लोकमार्गको उत्तर र दक्षिणमा फैलिएको मिर्चैया नगरपालिकाको क्षेत्रफल ९१.९७ वर्ग किलोमिटर छ। कुल ५९ हजार ४२५ जनसङ्ख्या रहेको यस नगरपालिकाको उत्तरमा उदयपुरको कटारी, दक्षिणमा कल्याणपुर नगरपालिका, पूर्वमा गोलबजार नगरपालिका र पश्चिममा कर्जन्हा नगरपालिकासँग सीमा जोडिएको छ। यस नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट दोस्रो पटक श्रवणकुमार याद
मनरासिस्वा नगरपालिकामा भएको दुईदिने स्वास्थ्य शिविरमा चेकजाँच गराएकामध्ये ४७ जना महिलामा आङ खस्ने समस्या देखिएको छ । मनरासिस्वा नगरपालिकाको आयोजनामा आधारभूत नगर अस्पताल मनरामा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरले गरेको महिलाको पाठेघरसम्बन्धी निःशुल्क जाँच, निःशुल्क औषधी वितरण तथा शल्यक्रियाका लागि छनोट कार्यक्रममा यो समस्या फेला परेको नगर प्रमुख मोहन पाण्डेयले जानकारी दिनुभयो।
फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ। स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो। रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगले खेतीयोग्य जमिन तथा माटोको उर्वर शक्तिमा ह्रास आइरहेको अवस्थासमेतलाई दृष्टिगत गरी अनुसन्धान केन्द्र स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो। उहाँका अनुसार परम्परागत कृषि प्रणालीबाट आधुनिकतातर्फ उन्मुख गराई जीविकोपार्जनमा सहयोग पु¥याउने मुख्य उद्देश्य राखेर एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्रको अवधारणा ल्याइएको हो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका महिला यति बेला बाँसका सामग्री निर्माण गर्न व्यस्त छन्। बाम्राङको वडा कार्यालयमा सञ्चालन भइरहेको तालिममा सहभागी महिला बाँसका सामग्री निर्माण गर्न व्यस्त भएका हुन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठनको समन्वयमा महिला उद्यमी महासङ्घले बाँसका सामग्री निर्माण गर्ने एकमहिने तालिम आयोजना गरेको हो। तालिममा ३० जना महिला सहभागी हुनुहुन्छ। तालिममा सहगाभी सबै महिला अहिले धमाधम बाँसका सामग्री निर्माण गरिरहनुभएको छ। उहाँहरू आफैँले बाँसका चोया काढेर पेनकेस, ¥याक, फूलदानी, डुङ्गा, बास्केट र डस्टबिन बुनिरहनुभएको छ।
स्रोतको चापमा रहेको सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती महिनादेखि नै आन्तरिक ऋण उठाउन थालिसकेको छ ।