• ८ मंसिर २०८१, शनिबार

थप १७७ जना सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय नाघ्यो

blog

काठमाडौं, असार २८ गते । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रिमणदर बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलयाका अनुसार देशभरबाट २४ घण्टामा १७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार तीन हजार ११६ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७७ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा एक हजार ८०५ जनाको आरटी पिसिआर गर्दा १४४ जनामा र एक हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा सङ्क्रमण पुष्टि भएकोे छ ।

मङ्गलबार परीक्षण गरिएकामध्ये ५.६६ प्रतिशतमा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी ९० जना काठमाडौंमा छन् ।

२४ घण्टामा ४१ जना सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । शून्य सङ्क्रमित भएका जिल्ला १४ छन् । त्यस्तै, काठमाडौंमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । सो जिल्लामा ५२५, भक्तपुरमा चार, ललितपुरमा ६७ जना सक्रिय सङ्क्रिमत छन् । सक्रिय सङ्क्रमितमध्ये ८५३ जना होम आइसोलेसनमा, २० जना अस्पतालमा उपचाररत छन् ।

अस्पतालमा उपचाररत बिरामीमध्ये ११ जना आइसीयू र एक जना भेन्टिलेटरमा छन् । यसअघि सोमबार १६८ जना सङ्क्रमित थपिएका थिए ।