• १६ असार २०८१, आइतबार

गैरआवासीय नेपालीको नागरिकता समस्याबारे पहल गर्ने अध्यक्ष दाहालको प्रतिवद्धता

blog

ललितपुर, असार २८ गते। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ। 

मंगलवार खुमलटारमा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलसँगको भेटघाटमा उहाँले भन्नुभयो, “गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराएर समस्याको समाधानका लागि प्रतिवद्ध छौं।” 

भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषय समावेश गरेर सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादीको तर्फबाट भएको पहलका लागि धन्यवाद दिएका थिए। उनीहरुले ८० लाख गैरआवासीय नेपालीको अधिकार सुनिश्चितताको पहल गर्न विधेयक सदनबाट पास हुनुपर्ने माग राखेका छन्। 

उक्त भेटघाट कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो। यसैगरी, संघका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका रिजनल कोर्डिनेटर चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतका व्यक्तित्वको उपस्थिति थियो।