• २० कात्तिक २०८२, बिहिबार

पर्यटकको रोजाइ बन्दै तिनचुले

blog

म्याग्दीको रमणीय पर्यटकीय स्थल तिनचुले। तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, कात्तिक २० गते । म्याग्दीको मङ्गला गाउँपालिका –५ र बागलुङको ताराखोला गाउँपालिका –४ को सिमानामा रहेको पर्यटकीय स्थल तिनचुलेले पर्यटकलाई आकर्षित गर्दैआएको छ । 

समुन्द्री सतहदेखि २ हजार ९ सय ३२ मिटर उचाइमा रहेको तिनचुलेबाट सिस्ने, चुरेन, गुर्जा, धौलागिरि, मानापाथी, नीलगिरि,अन्नपूर्ण र माछापुच्छ्रे  हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । 

यहाँसम्म पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि पर्यटक आगमन बढेको छ । यहाँ रहेको शिवालय मन्दिर र बराह तालमा पूजाआजाका लागि भक्तजनहरु पनि आउने गर्दछन् । पछिल्लो समय तिनचुले धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थलका रुपमा विकास हुन थालेको स्थानीयको भनाइ छ ।