लीलाधर वली
घोराही, कात्तिक २० गते । दाङमा प्रहरीले खोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा तीन ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पश्चिम दाङको बबई गाउँपालिका –४ स्थित राजी खहरे खोलाबाट अवैध रुपमा ढुंगा उत्खनन् गरिरहेको अवस्थामा विहीबार तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार इलाका प्रहरी कार्यालय खिलतपुरले विहीवार एउटा अन्टेष्ट र इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरबाट प्रतिट्याक्टर १० हजार रुपियाँका दरले जरिवाना असुल गरी ट्याक्टर सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिनुभयो ।