शीर्षटोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई उसैको मैदानमा १-० गोलले हरायो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षटोली आर्सनलले फुलहाममाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले फुलहामलाई उसैको मैदानमा ३-० गोलले हरायो ।
नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले आसन्न अधिवेशनका बारेमा आइतबार टेक्ससको ड्यालसमा समुदायसँग अन्तरक्रिया गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–१०, फूलबारीकी १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुक तथा तन्त्रमन्त्र गर्ने बहानामा माता भनिने सोनिया रेश्मीले गरेको क्रूर र अमानवीय व्यवहार एवं यातनाबाट मृत्यु भएपछि बालिकाको शव बोकेर मलामी गएका स्थानीय छिमेकी समेत अनुसन्धानको घेरामा तानिएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा २२ वर्षीया माता भनिने झाँक्री सोनियासँगै स्थानीय १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जनाएको छ। सो घटनामा सोनिया, बालिकाका बाबुसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिनुभयो।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालगञ्ज उपमहानगरपालिकामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान लक्ष्यअनुरूप सफल नभएपछि अभियानको समय थप गरिएको छ। १२ पटकसम्म अभियान चलाउँदा पनि धेरैले औषधि नखाएपछि १३औँ पटक यस वर्ष फेरि अभियान चलाइएको हो। शतप्रतिशत ‘कभरेज’को लक्ष्य लिएर १३औँ पटक सुरु गरिएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत ५० प्रतिशत पनि कभरेज नभएपछि १५ दिन समय थप गरिएको छ। फागुन ११ गतेदेखि सुरु गरिएको अभियानअन्तर्गत हालसम्म उपमहानगरमा ४८ प्रतिशतले मात्र औषधि सेवन गरेकाले १५ दिन थप
स्ववियु निर्वाचनको मिति नजिकिएसँगै चुनावकेन्द्रित गतिविधिमा विद्यार्थी सङ्गठन जुटेका छन्। उनीहरूले शिक्षा क्षेत्रको सुधार, भौतिक पूर्वाधार विकासजस्ता माग अघि सारेका छन्। विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा बेरोजगार शिक्षा अन्त्य गरी रोजगारमूलक शिक्षा सुधारलाई आफ्नो मुख्य एजेन्डाका रूपमा अघि सारेका छन्। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ र मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ३ गते गर्ने निर्णय गरेको छ। निर्वाचन मिति नजिकिएसँगै विद्यार्थी सङ्गठनहरू निर्वाचन तयारीमा जुटेका हुन्। विद्यार्थी सङ्गठनका केन्द्रीय समितिदेखि क्याम्पस एकाइ समितिले चुनावकेन्द्रित गतिविधि बढाएका छन्।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन विस्तारले तीव्रता लिएको छ। २०७७ असारदेखि सुरु भएको आयोजनाले हालसम्म सुर्खेत क्षेत्रमा ३० र कोहलपुर सबस्टेसनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको चिसापानीसम्म १५ वटा हाइटेन्सन लाइनको टावर निर्माण सम्पन्न गरेको छ। बाँकी क्षेत्रमा टावरका लागि फाउन्डेसन निर्माण र रुख कटानको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ। यही रफ्तारमा कुनै अवरोधबिना काम अघि बढे आगामी वर्षसम्म आयोजना सम्पन्न हुने आयोजनाका प्रमुख रविकुमार चौधरीले बताउनुभयो। प्रसारण लाइन विस्तारका लागि कोहलपुरदेखि सुर्खेतसम्म १६२ वटा टावर निर्माण गर्नुपर्छ। यसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै ७४ वटा टावरका लागि करिब ४३ हेक्टर जमिन आवश्यक पर्छ। प्राधिकरणका अनुसार प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटान हुनेछन्।
जिल्ला अस्पताल बैतडीले पञ्चेश्वर र शिवनाथ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविरमा एक हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको छ। गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बालरोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, अल्ट्रासाउन्ड सेवा, हाडजोर्नी विशेषज्ञ, नाक, कान र घाँटीरोग विशेषज्ञ र अपाङ्ग पहिचानजस्ता शिविर सञ्चालन भइरहेका छन्। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दिपेश श्रेष्ठका अनुसार शिवनाथ गाउँपालिकामा अपाङ्गता पहिचान शिविर राख्दा १५५ जना अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य परीक्षण गराएका छन्। तीमध्ये १९ जनाले पूर्ण अशक्तताको अपाङ्ग परिचयपत्र पाएका छन्।
पूर्वीचौकी गाउँपालिका–३, माझगाउँका जङ्ग बोहराको घर भूकम्पका कारण चिराचिरा परेको छ। भूकम्पपछिका केही दिन पालमुनि बिताएको उहाँको परिवार पछिल्लो समय सोही घरमा जोखिम मोलेर बस्दै आएको छ। भूकम्पले त्रिपालमुनि चिसा रात बिताएका बोहरा परिवारजस्तै जिल्लाका अन्य भूकम्पपीडित पनि चर्किएको घरमा बस्न बाध्य छन्। सुरुसुरुमा भूकम्पको निकै डर लाग्ने गरेको भए पनि पछिल्लो समय केही मात्रामा त्रास हटेको बोहराले बताउनुभयो। “भूकम्प गएको एक/डेढ महिना घरभित्रै पस्न सकेनौँ,” उहाँले भन्नुभयो, “चिसा रात त्रिपालमुनि जसोतसो कटायौँ। चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक बिरामी हुन थाले। भूकम्प गएको पाँच महिना पुग्दा पनि त्रिपालबाहेकको कुनै विकल्प पाएनौँ र अहिले ज्यानको माया, डरत्रास त्यागेर चर्किएकै घरमा बस्न थालेका छौँ।”
नेपालका सबै भूभागमा नेपाली रुपियाँ (नेरु)को प्रचलनको विगतमा अनेक रूपरङ्ग थिए । भारतमा रोजगारी गर्न गएकाले ल्याउने भारतीय मुद्रा (भारु) धेरैका निम्ति स्वीकार्य हुने गरेको देखिन्छ । हुन पनि नेपाली रुपियाँको धेरै लामो इतिहास नभएका कारण भारुको व्यावहारिक प्रचलनको आफ्न तौरतरिका देखिने गरेको समेत छ । विशेषतः सीमावर्ती क्षेत्रमा भारतीय बजारको प्रभावसँगै भारुको प्रचलन बढी नै देखिन्छ । त्यसैले पनि सीमावर्ती क्षेत्रमा भारतीय मुद्राको मागमा वृद्धि हुनु सामान्य कुरो हो । धार्मिक यात्रा, पर्यटन, स्वास्थ्योपचार, रोजगारी, किनमेल आदिका सन्दर्भमा भारतीय मुद्रामा माग अत्यधिक हुने गरेको विगत थियो । भारतीय मुद्राको सटही तथा सङ्कलनलाई आकर्षक कारोबारका रूपमा लिइने प्रचलन पूर्ण रूपमा हटिसकेको छैन तर यताका दिनमा कतिपय सीमावर्ती क्षेत्रमा भने कथा फरक देखिन थालेको छ । नेपालका निम्ति त्यो स्वागतयोग्य कुरासमेत हो ।
नेपालको संविधानको धार ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ । यसैगरी राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्नेछ भन्ने व्यवस्था छ । चैत ३ गते सम्पन्न हुने उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा खस आर्य समूहका व्यक्ति निर्वाचित भएको हुँदा उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग (पुरुष) वा समुदाय (खस आर्य) भन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारू