• ९ मंसिर २०८१, आइतबार

छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस

blog

धनबहादुर गुरुङ

अन्नपूर्ण (कास्की),  भदौ २८ गते । पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र हुनुहुन्थ्यो । त्यो बेलाको मल्टिप्रपोज हाइस्कुल (अहिलेको राष्ट्रिय मावि) र सोल्जरबोर्ड हाइस्कुल (अहिलेको अमरसिंह मावि) बाट २०१७ सालमा म्याट्रिक पास गरेका विद्यार्थीहरूको पोखरामै क्याम्पस होओस् भन्ने चाहना थियो । 

पास भएका विद्यार्थीहरू सबैको काठमाडौँ वा बनारस गएर उच्च शिक्षा लिने क्षमता थिएन । सोही कारण पनि यहाँका शिक्षाप्रेमीहरूलाई पनि क्याम्पसको आवश्यकता महसुस भइसकेको थियो । त्यो समयमा पोखरा नगरका अध्यक्ष हुनुहुन्थ्यो, शिवबहादुर थापा । तत्कालीन सममयको पश्चिम तीन नम्बरको बडाहाकिम नारायणप्रसाद शर्मा हुनुहुन्थ्यो । बडाहाकिम शर्माको निवासमा शिक्षाप्रेमीहरूको बैठक बस्यो । त्यो बैठकले बडाहाकिम शर्माको अध्यक्षतामा कजेल सञ्चालक समिति गठन ग¥यो । सोही समितिले कलेज बनाउने काम अघि बढायो । 

उतिबेला कलेज स्थापना गर्न २५ हजार रुपैयाँ जोहो गरेर सरकारलाई बुझाउनुपर्थ्यो । पोखराका शिक्षाप्रेमीहरूले कलेज स्थापनापछि सो रकम सहयोग गर्ने सहमति भयो । त्यसपछि आवश्यक प¥यो, शिक्षक । यसमा नगर अध्यक्ष थापाका भाइ विमलबहादुर थापाले सघाउनुभयो । आफूलाई काठमाडौँमा ट्युसन पढाउनुभएका भारत केरलाका जर्ज जोनलाई उहाँले पोखरामा खुल्ने कलेजको प्रिन्सिपल बनाउने प्रस्ताव गर्नुभयो ।

विमलले नै पोखरामा कजेल खुल्दै गरेको अनि आफूलाई प्रिन्सिपल बनिदिन आग्रह गरेको जार्ज जोनले बताउनुभयो । त्यसअघि नै पोखरा घुम्न सहयोग गरेका कारण जर्जले विमलको कुरा हार्न सक्नुभएन । अनि पोखरा आउने सहमति जनाउनुभयो । 

सहमति भएको केही दिनपछि उहाँको हातमा पत्र प¥यो । पत्रमा लेखिएको थियो, “तपाईँलाई पृथ्वीनारायण इन्टर कलेज, पोखराको प्रिन्सिपल कम लेक्चर पदमा ९६ महिनाको प्रशिक्षण कालमा० नियुक्त गरिएको छ । नियमानुसार कामकाज गर्नुहोला । हाललाई पोखरा आइपुग्नु हुने निम्नाकिंत तलब भत्ता इत्यादि पाउनु हुनेछ ।” पत्रमा जोनलाई तीन सय ५० रुपैयाँको तलब तोकिएको थियो । जसमा मासिक तलब दुई सय ७५, मासिक भत्ता २५ र प्रिन्सिपल भत्ता पचास रुपैयाँ थियो ।

सो पत्रसँगै आफूलाई ९० रुपैयाँ पेस्की पनि पठाएको जोनले सम्झनुभयो । त्यो समय काठमाडौँबाट पोखरा आउन बस चल्दैनथ्यो । हवाईजहाजको सहारा लिनुपर्थ्यो । पोखरासम्म आएको ६४ रुपैयाँ भाडा लाग्थ्यो । पेस्की रकम बुझेर उहाँ २०१७ भदौ १६ गते जहाजबाट पोखरा ओर्लिनुभयो । 

जर्जजोनका लागि पालिखे चोकस्थित खेमनारायण श्रेष्ठको घरमा कोठाको समेत व्यवस्था भइसकेको थियो । पोखरा आएको भोलिपल्टैदेखि उहाँले नदीपुरस्थित तत्कालीन कन्या प्रावि अहिलेको कन्या क्याम्पसको एउटा कोठामा एसएलसी पास गरेका १३ जनालाई पढाउन सुरु गर्नुभयो । त्यो दिन थियो, २०१७ साल भदौ १७ गते । यही दिनलाई पृथ्वीनारायण क्याम्पस (तत्कालीन पृथ्वीनारायण इन्टर कलेज) को स्थापना दिवसको रूपमा लिइन्छ । 

अङ्ग्रेजी विषयमा दक्खल राख्ने जर्जजोनको भागमा अङ्ग्रेजीसँगै राजनीति शास्त्र र अर्थशास्त्र पढाउने जिम्मामा प¥यो । नेपाली पढाउनका लागि देवीरमश शास्त्री शिक्षकका रूपमा आउनुभयो । सुरुमा दुई जना शिक्षकबाट पढाइ सुरु भयो । 

त्यसबेलाको कन्या प्राविको एउटा कोठामा पढाइ राम्रै चल्दै थियो । कन्या प्राविको वार्षिकोत्सवको बेलामा बालिकाहरू पढ्ने स्कुलमा युवकहरू पढ्न केही असहज हुने भनाइ प्रहरीबाट आएपछि कहाँ जाने भन्ने समस्याले पिरोल्न थालेको जर्जजोन स्मरण गर्नुहुन्छ । तर, त्यो वेला पोखरा अहिलेको जस्तो भरिभराउ बस्ती भने थिएन । त्यसैले पनि केही सहजता प्रदान ग¥यो । अहिलेको फूलबारी ब्यारेक भएको ठाउँ र नारायणस्थान गरी दुई ठाउँमा जग्गा हेरियो । दुई स्थानमध्ये नारायणस्थान उपयुक्त ठानेर नारायणस्थानबाट पढाइ सुरु गरिएको उहाँले बताउनुभयो । 

तत्कालीन नेपाली काँग्रेसबाट गृहमन्त्री बन्नुभएका सूर्यप्रसाद उपाध्यायबाट वि.सं २०१७ मङ्सिरमा औपचारिक रूपमा पृथ्वीनारायण क्याम्पसको नारायणस्थानमा नै  उद्घाटन गरिएको थियो । विसं २०१८ मा प्रवीणता प्रमाणपत्र तहको परीक्षा भएको जर्जजोन सम्झनुहुन्छ । त्यसबेला दुई वर्षको परीक्षा एकैचोटि हुने चलन थियो । २०१८ सालमा विद्यार्थी बढेर १३ बाट १६ जना पुगेका थिए । १६ जनाले परीक्षा दिएकामा १३ जना पास भएको उहाँले सम्झनुभयो । 

नारायणथानमा खुल्ला चौरमा जाडोको समयमा पढाउन कठिन भइसकेको थियो । त्यसपछि फेरि नयाँ ठाउँको खोजी हुन थाल्यो । नयाँ ठाउँको खोजी गर्दै बडाहाकिम र जर्जजोनलगायतले भीमकालीन पाटन बगरमा जग्गा भेट्नुभयो । त्यसपछि विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरी छाप्रो बनाइयो । 

वि.सं २०१९ वैशाख १ गतेदेखि भीमकालीपाटनबाट पढाउन सुरु भयो । सुरुआतमा आर्टस् (मानविकी) मात्र पढाइ हुने क्याम्पसमा मानविकी हुँदै विज्ञान र कमर्स पनि जर्जजोनकै बलबुताले सुरु भएको थियो । नारायणस्थानबाट भीमकालीपाटन पुग्दा शिक्षक सङ्ख्या चार पुग्यो । त्यसक्रममा महेन्द्रसिंह थापा, शिवभुजन यादव, यज्ञप्रसाद शर्मा (देवीरमण शास्त्रीको स्थानमा) नयाँ शिक्षकका रूपमा थपिनुभएको थियो ।

वि.सं २०२० मा राजा पोखरा घुम्न आएका समयमा पृथ्वीनारायण क्याम्पसको अवलोकनपछि भवन बनाउन एक लाख छुटाएर अहिले आर्टस् भवन एकतले पक्की भवन बनाइएको थियो । त्यसपछि सरकारको आँखा पर्दै गएर ठूलाठूला भवन बनेको बताउँदै उहाँले “२०२४ सालमा दुई लाख सरकारले दिएपछि विज्ञान संकायको भवन पनि पक्की बनाएको हो,” उहाँले भन्नुभयो, “त्यसबीचमा अमेरिका पिसकोरका स्वयंसेवकमध्ये डोरथी मिरोको सहयोगमा सङ्ग्रहालय भवन बन्यो ।” 

त्यो बेला प्रत्येक विद्यार्थीले घर–घरबाट खर ल्याएर आफैँले छाप्रो बनाएर पढाइ सुरु गरेको उहाँले सुनाउनुभयो । विसं २०५२ मा उहाँ पृथ्वीनारायण क्याम्पसबाट बिदा हुनुभयो । तर, अहिले पनि उहाँलाई क्याम्पसको औधी माया लाग्छ । 

जर्जजोनले २०३२ सालमा नेपाली नागरिकता लिनुभएर स–परिवार पोखरामा बस्न थाल्नुभयो । उहाँ अहिले ९२ वर्ष लाग्नुभयो । “अहिले पनि बेलाबेलामा क्याम्पस पुगेकै हुन्छु,” उहाँ भन्नुहुन्छ, “भीमकाली पाटन (अहिलेको पृथ्वीनारायण क्याम्पस भएको ठाउँ) मा नयाँ भवन बने । तर त्यो चौरमा रहेका रुखहरू जुन विद्यार्थीहरूले एक–एक जनाले रोपेका हुन्, त्यो भने त्यस्तै छ ।” पृथ्वीनारायण इन्टर कलेज २०३० सालपछि पृथ्वीनारायण क्याम्पस बनेको थियो । 

जर्जजोनको अध्यापन क्षमता र पोखराका शिक्षाप्रेमीको मायाले स्थापना भएको क्याम्पस पश्चिम नेपालकै नमुना बनेको कवि तीर्थ श्रेष्ठ बताउनुहुन्छ । “पिएन क्याम्पस जनसहभागिता प्रशस्त जुटेको क्याम्पस हो,” उहाँले भन्नुभयो, “यो क्याम्पस बनेपछि अहिलेको गण्डकी प्रदेशसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूको केन्द्र बन्यो ।” यो सँगै यही क्याम्पस स्थापनापछि पश्चिम नेपालमा अरू क्याम्पस स्थापनाका लागि प्रेरणाको स्रोत बनेको उहाँले बताउनुभयो । यसमा भारत केरलाबाट आउनुभएका शिक्षाप्रेमी जर्जजोनको ठुलो योगदान रहेका उहाँको भनाइ छ । 

क्याम्पस स्थापनापछि यहाँ पढेका विद्यार्थीहरू देशको सामाजिक, शैक्षिक, राजनैतिक, सांस्कृतिक, साहित्यिक, आर्थिकलगायत क्षेत्रमा अब्बल रहेको कवि श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “पृथ्वीनारायण क्याम्पसका विद्यार्थीहरूले राष्ट्रिय क्षेत्रमा योगदान दिनेहरूको लिस्त तयार गर्ने हो भने अन्य शैक्षिक संस्थाहरू भन्दा बढी योगदान यो क्याम्पसले दिएको मान्न सक्छौँ ।”

दुई जना शिक्षकले १३ जना विद्यार्थी लिएर सुर गरेको क्याम्पस अहिले ६४ औँ वार्षिकोत्सव बनाएको छ । अहिले क्याम्पसमा ११ हजार छ सय ८४ विद्यार्थी अध्ययनरत रहेको क्याम्पसका सूचना अधिकारी मीनराज लम्सालले जानकारी दिनुभयो । सात सय १५ रोपनी १२ आना तीन पैसा एक दाम क्षेत्रफल जग्मामा ठुला भवन ४० वटा रहेको उहाँले बताउनुभयो । 

मानविकी सङ्कायबाट पढाइ सुरु भएको क्याम्पसमा चार वटा सङ्काय, एउटा अध्ययन संस्थान, ३४ वटा विभाग र विभिन्न विशेष शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले जानकारी दिनुभयो । क्याम्पस विश्वविद्यालयको बाटोमा रहेको कोइरालाले सुनाउनुभयो । “हामी विश्वविद्यालय बनाउन तयार छौँ । त्यो त सरकारले बनाइदिनुपर्ने कुरा भयो । हामीसँग पूर्वाधार तयारी अवस्थामा छ”, कोइरालाले भन्नुभयो । रासस