• ११ पुस २०८१, बिहिबार

सङ्घीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै

blog

काठमाडौं, भदौ २८ गते । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभा बैठक दिउँसो २ः३० बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

आजको दुवै बैठकमा शोक प्रस्ताव पारित गर्ने बाहेक अन्य कार्यसूची तय नगरिएको छ सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।