नेपालमा हिजो, आज र भोलिको शिक्षाको कुरा गर्दा प्राचीनकालमा गुरुकुल शिक्षा प्राणाली प्रचलित थियो, जसको उद्देश्य बालबालिकामा शारीरिक, मासिक र सामाजिक गुणको विकास गराउनु हुन्थ्यो । घरको ऐस आरामबाट मुक्त भएर गुरुको सान्निध्यमा साधारण जीवनयापनसहित ज्ञान आर्जन गरिन्थ्यो । मध्यकालमा आएर आध्यात्मिक तथा जीवनपयोगी सिपका अतिरिक्त तन्त्रशास्त्र सामावेश गर्न थालियो । त्यो बेलाको शिक्षामा मान्यजनलाई कसरी सम्मान र सम्बोधन गर्ने, आफूमा नैतिक विकास कसरी गर्ने, व्यवहार कसरी चलाउने, बाबु आमा तथा गुरुको सेवा, पाउनालाई घरको देवता सम्झेर स्वागत र विश्वका मानिस एक हुन्, सबैलाई मायाँ गर्नु
सरकारले ५० प्रतिशत भन्सार छुटमा २० हजार टन चिनी आयातको अनुमति दिएको छ । चाडपर्वका बेला बजारमा अभाव हुनु नदिनका लागि अर्थ मन्त्रालयले चिनी आयात गर्न अनुमति दिएको हो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले सुशासन, वित्तीय अनुशासन र पारदर्शितामा गम्भीर भएर राज्यका सबै अङ्गले जनताको विश्वास आर्जन गर्ने गरी काम गर्नुपर्ने पटक–पटक बताउँदै आएको छ । प्रधानमन्त्रीले यो वर्ष सुशासन र पारदर्शिताका दृष्टिले महìवपूर्ण वर्ष बनाउन आग्रह गर्दै सोका लागि सरकारले खेल्नुपर्ने भूमिकाप्रति आफू संवेदनशील रहेको समेत सार्वजनिक अभिव्यक्ति दिइरहनु भएको छ । यसैको परिणामस्वरूप सरकारले भ्रष्टाचारका फाइल एकपछि अर्को गर्दै धमाधाम खोल्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेक
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६० औँ वर्ष पूरा गरी ६१ वर्षमा प्रवेश गरेको छ ।
मुलुकको अर्थतन्त्र चलायमान बनाउने आधार रेमिट्यान्स बनेको छ तर रेमिट्यान्स भित्र्याउने ७४ प्रतिशत जनशक्ति अर्धदक्ष रहेको तथ्याङ्क छ । रोजगारीको खोजीमा विदेशी बजार पुग्ने हाम्रो जनशक्तिलाई दक्ष बनाएर पठायौँ भने रेमिट्यान्स आगमनमा कति बढोत्तरी होला ? यसको कुनै अनुुसन्धान त भएको छैन तर यसबाट राम्रो परिणाम आउने चाहिँ निश्चित छ । यो सँगसँगै रोजगार गन्तव्य क्षेत्रको विस्तार अर्काे महìवपूर्ण कार्य हो । देशको पछिल्लो तथ्याङ्क केलाउँदा कुल गार्हस्थ उत्पादनको ०.३ प्रतिशत मात्रै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आएको छ । हामीले वैदेशिक लगानीका लागि गरेका प्रयास त्यति प्रभावकारी हुन नसकिरहेको अवस्था विद्यमान छ । देशमा लगानी सम्भावनाका तुलनामा प्रत्यक्ष वैदेशिक लगानीको मात्रा अति न्यून छ । यहाँ लगानी गरिरहे
संसारका लोकतान्त्रिक मुलुकमा लोकतन्त्र र अदालतको अन्योन्याश्रित सम्बन्ध हुन्छ । अहिले नेपाल पनि लोकतान्त्रिक मुलुक भएकाले लोकतन्त्र र अदालतको सम्बन्ध नङ र मासु झैँ हुने नै भयो । यी दुवैको यस्तो घनिष्ठ र महìवपूर्ण सम्बन्ध हुन्छ कि एकबिना अर्को बाँच्नै सक्दैनन् । मन्टेस्क्युले प्रतिपादन गरेको शक्तिपृथकीकरणको सिद्धान्त अनुसार सरकारका तीन अङ्गमध्ये व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको आआफ्नै स्थानमा महìव रहेको हुन्छ । यी तीनै अङ्गले आआाफ्नो ठाउँमा स्वतन्त्र रूपमा काम गर्नु पर्छ भन्ने विश्वव्यापी मान्नता छ ।
दोलखाको भीमेश्वर नगरपालिका–९, झिँगानेमा रहेको कालीदेवी प्राथमिक विद्यालयको भवन नहुँदा पठनपाठनमा समस्या भएको छ। कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयका ४० जना विद्यार्थी कष्टकर रूपमा अध्ययन गर्न बाध्य छन्। २०७२ सालको भूकम्पपछि दाताले जस्तापाताको टहरा निर्माण गरिदिए पनि अझै पक्की भवन निर्माण हुन सकेको छैन। विद्यालयका प्रधानाध्यापक नारायण खड्काले भन्नुभयो, “विद्यालयका नाममा लालपुर्जा नहुँदा पक्की भवन बन्न सकेन। दाताले बनाइदिएको जस्तापाताको टहरा पनि जीर्ण बन्दै गएपछि पठनपाठनमा समस्या आएको छ।” घाम लागेको बेला जस्तापाताले पोलेर बालबालिका बिरामी हुने र पानी परेको बेला जस्तापाता बजेर पढाएको सनिँदैन । हिउँ पर्ने स्थान भएकाले जाडोमा त विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक खड्काले बताउनुभयो ।
बागमती प्रदेश सरकारले संविधानमा व्यवस्था भएको प्रदेशको एकल अधिकार सूचीका अधिकारका लागि कानुनी लडाइँ लड्ने भएको छ। नेपालको संविधानको अनुसूची ६ मा प्रदेशको एकल अधिकार सूचीमा रहेको सवारीसाधन कर, यातायात र प्रदेश लोकमार्गसम्बन्धी अधिकारलाई सङ्कुचन गर्दै सङ्घीय सरकारले सङ्घीय संसद्बाट कानुन निर्माण गरेपछि बागमती प्रदेश सरकार आफ्नो अधिकार स्थापित गर्न कानुनी लडाइँ लड्ने व्रmममा सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
धादिङको आदमघाटबाट किराञ्चोक जाने एक मात्र सडक आदमघाट–मिलटार सडक कालोपत्रे गर्न सुरु भएको छ। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८० साल असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको हो। नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपियाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित ४.२ किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेको कम्पनीका प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । सम्झौता अनुसार २०८१ साल मङ्सिर १८ गते सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुने छ । काम गर्न अवरोध नआएमा, निर्माण सामग्री सहज अवस्थामा उपलब्ध भएमा तोकिएको समयमै काम सक्ने उहाँले बताउनुभयो ।
नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
फक्ताङ्लुङ गाउँपालिका–४, इखाबुका पहिरोपीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका र जोखिममा परेका परिवारलाई राहत सामग्री वितरण गरिएको हो । फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पहिरोबाट घर क्षतिग्रस्त भई विस्थापित भएका बिरहाङ लिम्बू र भक्तबहादुर लिम्बूको परिवारसमेत नौ परिवारलाई राहत सामग्री वितरण गरेको हो । घर पूर्ण रूपमा क्षति भएका दुई परिवारलाई ५० किलोग्रामका दरले चामलसहितका खाद्यान्न सामग्री र एक एक थान त्रिपाल वितरण गरिएको छ ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना विद्युत्गृहको काम रोकिएको बुधबार १२ दिन पुग्यो । बन्द खुलाउने प्रयास कतैबाट नहुँदा राज्यले दैनिक पाँच करोड रुपियाँ नोक्सानी बेहोर्नु परेको छ । अरुण तेस्रो विकास कम्पनी सतलज जलविद्युत् निगमसँगको आयोजना विकास सम्झौता (पिडिए) मा स्थानीयवासीको अवरोधका कारण काम रोकिए दैनिक पाँच करोड रुपियाँ नेपाल सरकारले क्षतिपूर्ति बेहोर्नुपर्ने सर्त छ । उक्त सर्त अनुसार स्थानीयवासीको अवरोध सुरु हुनासाथ सतलज जलविद्युत् निगमले सरकारलाई पत्राचार गरिसकेको छ । उक्त पत्रका आधारमा नेपाल सरकारसँग क्षतिपूर्ति दाबी गरिने अरुण तेस्रो निर्माण पक्षले बताएका छन्
सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ।