माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले आगामी मङ्सिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ ।
पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार पाँच सय पुगेको छ । अन्य सात हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
महाकाली नदीमा ७० हजार रुपियाँ बोकेको झोला खसेको छ। किनमेलका लागि बिहीबार झुलाघाट बजार जाने क्रममा एक महिलाले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो।
स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका –१० सौनहवामा साइकल मर्मत गर्ने जमिल मियाँ (जमिर) को बिरामी वृद्ध आमाको खसी बेचेर उपचार गर्ने सोच बनाउनुभयो । मंगलबार आफू र दाजु रियाजले पालेका ९ ओटा खसी चन्दौटामा बिक्री गर्न लग्नुभयो ।
सर्लाहीको बागमती नगरपालिका–८, गाजल चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका-१ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आठ वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको भएपनि हालसम्म दरबन्दी कायम हुन सकेको छैन ।
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहीबार वडा नं ११, वडा नं १९, वडा नं १५ र वडा नं ८ ले जित हात पारेका छन् ।
अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्निभल’ हुने भएको छ ।
दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारी सहितको टोलीले अनुगमन गरेको हो ।
उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।