• ७ जेठ २०८१, सोमबार

अपी क्रिकेट कार्निभलमा १२ टोली

blog

योगिताबारे जानकारी दिँर्दै आयोजक ।

काठमाडौं, भदौ २८ गते । अपी स्कुल धापासीको आयोजनामा ‘अपि क्रिकेट कार्भिनल’ हुने भएको छ ।

धापासी स्थित अपि स्कुलको मैदानमा भदौ ३० देखि २ गतेसम्म सञ्चालन हुने इन्डोर प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक अविनास बस्यालले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्क्ष, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलको सहभागिता रहने छ । 

सहभागी टोलीका खेलाडी कक्षा १० सम्म पढिरहेका सोही स्कुलको विद्यार्थी हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता १० ओभरको हुनेछ । 

प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिने छ । स्कुल स्तरबाट क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पनि संयोजक बस्यालले बताउनुभयो ।