• ८ कात्तिक २०८१, बिहिबार

खडेरीको प्रभाव : स्पेनले थप गहुँ, मकै र जौ आयात गर्ने

blog

काठमाडौं, भदौ २८ गते । स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ ।

खडेरीका कारण यस वर्ष अन्नबाली, गेडागुडी लगायतका बाली उत्पादनमा स्पेनमा उल्लेख्य कमी आएको छ । स्पेनका कृषि, मत्स्य पालन खाद्यमन्त्री लुइस प्लानसले सामान्य उपभोग पूरा गर्न विदेशबाट २० देखि २१ लाख टन खाद्यान्न किन्नुपर्ने बताउनुभयो ।

स्पेनमा खाद्यान्न उत्पादन यस वर्ष करिब ११ मिलियन टन हुने अपेक्षा गरिएको छ । जुन २०२२ को तुलनामा ४० प्रतिशत कम हो । मुख्यतया सिँचाइका लागि पानीको अभावका कारण स्पेनमा जौ उत्पादनमा वर्षैपिच्छे ३९ प्रतिशत, गहुँमा ३६ प्रतिशत र मकै उत्पादन २० प्रतिशतले घट्दै गएको तथ्याङ्कले देखाएको छ । जौको उत्पादन गत वर्षको तुलनामा ५५ प्रतिशतले कम छ भने मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले बढेको छ ।

स्पेन सरकारले २०२३ कृषि बिमाको इतिहासमा सबैभन्दा बढी नोक्सान भएको वर्षको रूपमा अनुमान गरेको छ । कुल क्षतिपूर्ति एक अर्ब युरोभन बढी हुनेछ, जसमध्ये करिब ४६ करोड युरो खडेरीले क्षति पुगेको बालिमा विनियोजन गरिने बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल