समालोचना आफैँमा एक जटिल विधा हो। साहित्यका अनेक विधाका पुस्तक अध्ययन गरी त्यसमाथि आफ्नो विचार प्रस्तुत गर्नु समालोचनाको गुण हो। त्यस्तै गुणी समालोचकका रूपमा देखा पर्नुभएको छ युवराज मैनाली । उहाँ आफ्नो पठनमा जुनसुकै विधाका पुस्तक परेपछि र त्यसको सहज पठन गरेपछि त्यसबारे सहज ढङ्गमै समालोचना गर्न अग्रसर भइहाल्नु हुन्छ । यसको अकाट्य उदाहरण भएर देखा परेको छ ‘दृष्टि ः दृष्टिकोण’ समालोचना सङ्ग्रह । यस समालोचना सङ्ग्रहमा रहेका २९ वटा समालोचनाहरू मैनालीका स्वतन्त्र अध्ययनपछि निसृत स्वतन्त्र समालोचनाहरू हुन् । यस पुस्तकको प्रकाशकीयमै भनिएको छ, ‘प्रस्तुत कृतिमा लेखक केन्द्रितभन्दा पाठक केन्द्रित समालोचनाको बढी प्रयोग भएको छ ।’ यसै आधारलाई मनन गरी उहाँले समालोचना गर्नुभए
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
कति नमिठो भएर दुख्छन् – कतिपय दिनहरू। हजारौँ दिनमा यस्ता दिन पनि छन् – जसले जीवनलाई अमिलोमा रूपान्तरित गर्छन् ।एउटा विस्मृत दिन विस्मृतिकै गर्तमा फाल्नु छ । नसम्झनु छ – त्यो दिन । नकल्पिनु छ – त्यो समय । नसोच्नु छ – त्यो अकल्पनीय दुःख । मनबाट टाढा राख्नु छ । स्मृतिबाट पुछ्नु छ र मस्तिष्कबाट सधैँका लागि निमिट्यान्न पार्नु छ । एउटा नसम्झने दिनका विरुद्ध म के लेख्न सक्छु! त्यो अप्रिय दिन
मातृ देवो भवः। पितृ देवो भवः। गुरु देवो भवः। अतिथि देवो भवः। अर्थात् मातालाई, पितालाई, गुरुलाई र अतिथिलाई भगवान्का रूपमा पुज्नु पर्छ भन्ने हाम्रो धार्मिक मान्यता छ। माताले नौ महिनासम्म गर्भमा राखी आफ्नो सन्तानलाई जन्म दिनु हुन्छ र यो संसार देखाइदिनु हुन्छ। पिताले लालनपालन गरी हुर्काइदिनु हुन्छ र भाग्य बनाइदिनु हुन्छ। बोलीचाली, विधि, व्यवहार पनि सिकाइदिनु हुन्छ। गुरुले शिक्षा दिनु हुन्छ। जीवनमा सफल व्यक्ति हुन बाटो देखाइदिनु हुन्छ। जुन जुन पेसामा लागेर नाम र दाम कमाइन्छ, त्यो सबै गुरुले गर्दा नै हो। माता, पिता र गुरुसँगै अतिथिलाई पनि हामीले भगवान्सरह नै मान्नु पर्छ भनेर हाम्रो संस्कारले सिकाएको छ।
रमेश विकल रवि चालिसेको नामबाट चित्रको सिर्जना गर्नु हुन्थ्यो। उहाँको खास नाउँ रामेश्वर शर्मा चालिसे हो। उहाँले साहित्यमा अलग्गै, कलामा अलग्गै नाम राख्नुभएको थियो। उहाँ धेरै वटा वाद्यवादनमा पनि पारङ्गत हुनुहुन्थ्यो। भनिन्छ, उहाँ हार्मोनियम, बाँसुरी, भायोलिन, सितार र तबलामा पारङ्गत हुनुहुन्थ्यो। आफँैले लेखेका थुप्रै नाटकमा पनि निर्देशन गर्नुहुन्थ्यो। नाटक र सङ्गीतमा चाहिँ के नामले उहाँलाई पुकारिन्थ्यो, कतै अभिलेख
तिजका अवसरमा दिदीबहिनीले गीतका माध्यमबाट दुःख–सुख पोख्छन्। नाचगान गरेर रमाइलो गर्छन् तर हिजोआज तिजमा गरिने नाचगानले विकृति बढायो, यो पर्वको मौलिकता नै सङ्कटमा पर्यो भन्ने जस्ता धारणा सुनिन्छ। तिज गीतका नाममा रत्यौलीमा गाइने गीत गाउनु, नाचका नाममा अङ्ग प्रदर्शन गर्नु र लोकप्रिय बन्ने नाममा उरान्ठेउला गीतहरू हाबी हुँदा भावी पुस्ताले तिजको मौलिकता नै बिर्सने सम्भावनासमेत बढेको विचार पनि यत्रतत्र सुनिन्छ तर तिजमा जति नै नयाँ गीत सार्वजनिक भए पनि पुराना कलाकारका कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्।
डिसेम्बर ११ (२५ मङ्सिर, २०२४) हाम्रो कारावासको समय नौ महिना थपियो । यसको सूचना आजै अपराह्न प्राप्त भयो । यस्तो आदेश लिएर सहायक कमिस्नर, उनका क्लर्क डिग दास नारायण र एक जना जर्नेल आएका थिए । डिसेम्बर १६ (१ पौष, २०२४) १९६० को दशकका घटनाहरू : यो यस्तो अवधि हो जसमा भर्खरै अस्तित्वमा आएका अधिकांश देशमा तानाशाही विकसित भयो । संवैधानिक सरकारले नै गरेका शृङ्खलाबद्ध ‘कु’ हरूले विश्व चेतनालाई यसरी आहत ग¥यो कि यसले स्थायित्वको नाममा तानाशाहीलाई अनुमोदन गर्न थालेको देखियो र भोक हडताललाई पुरानो भइसकेको राजनीतिक अस्त्रको रूपमा हेर्न थाल्यो । त्यसमाथि हामी जस्ता बन्दीको रिहाइको माग राखेर आफैँलाई जोखिममा पार्नुलाई कसैले पनि अब कुनै ठुलो राज
काठमाडौँ महानगरपालिका-३२ तीनकुनेस्थित काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ ।
बुवा ! जनम यो यस्तै भयो अर्को जनम फेरि भेटौँ है बाबु छोरी नाता हाम्रो सधैँ बुवा हजुर म छोरी है...
जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्बद्ध समाजवादी ट्रेड युनियन महासङ्घले प्रदेशस्तरीय इन्चार्ज तोकेको छ ।
कास्की, धादिङ, कपिलवस्तुलगायतका जिल्ला प्रशासन कार्यालयले परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता तथा संवर्धन गर्नेबाहेकका तिजलाई लक्षित गर्दै खर्चिला, विसङ्गतियुक्त, सामाजिक अपराधलाई प्रोत्साहन पुग्ने तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । सूचनाविपरीत गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि उल्लेख छ । तिज अहिले तपस्या वा ध्यानभन्दा पनि जमघट हुने र रमाइलो गर्ने, नाचगान गर्ने अवसरमा परिणत भएको छ ।
कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक एमआरआई मेसिनमार्फत स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ। प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बर खड्काले शुक्रबार सो सेवाको सुरुवात गर्नुभयो। करिब दुई महिना लगाएर मेसिन जडान र प्रोसेसिङ प्रोग्राम इन्स्टल गरेर एमआरआईमार्फत सेवा सञ्चालन गरिएको हो। १५ महिनादेखिको प्रयासपछि नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट कर्णालीका नागरिकलाई सेवा दिन थालिएको छ।
अहिले गाउँदेखि सहरसम्मका महिला महिलाबिच रातै सारी र विभिन्न शृङ्गारमा सजिएर समूहमा तिज पर्व मनाउने होडबाजी नै चलेको छ। घोडाघोडी नगरपालिका–१, पिपलडाँडा आमा समूहका महिलाले यस पटक एउटै रङका साडी लगाएर सामूहिक तिज कार्यक्रम गरेका छन्। घोडाघोडी–१ कै शान्तिनगर आमा समूहलेसमेत प्रतिव्यक्ति छ सय रुपियाँ चन्दा उठाएर वनभोज कार्यक्रम गरेर गत शनिबार मात्र तिज कार्यक्रम सम्पन्न