मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संसद्मा सङ्घीय शिक्षा विधेयक दर्ता हुँदैमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल धनुषाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकारले सरोकारवालासँग छलफल नगरी विधेयक ल्याएको कारण शिक्षा क्षेत्रका विभिन्न पक्षबाट असन्तुष्टि बढेको देखिन्छ तर विधेयक अहिले संसद्मा दर्ता भएको छ । छलफलको समयमा संसद्मा सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराउन सक्छन् । विधेयक छलफलका लागि विषयगत समितिमा जान सक्छ । समितिले विज्ञहरूसँग छलफल गर्छ । अहिले धेरै प्रक्रिया बाँकी छ ।”
वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो । महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।
नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रा. कृष्ण खनाल, नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतम, नेपाली कांग्रेसका पार्टी प्रवक्ता मीन विश्वकर्मा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, माओवादी नेता राम कार्कीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीको तीनमहिने अभियानले पार्टीलाई रूपान्तरण गर्ने कुरा मुख्य भएको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी रूपान्तरण गरी जनमुखी बनाइने उल्लेख गर्नुभयो।
पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ (इयू) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ ।
कुनै समय स्याङ्जाको मालुङ्गा टुनिबोटलाई कुष्ठरोगी बस्ने ठाउँ भनेर चिनिन्थ्यो । गल्याङ नगरपालिका–१ मा पर्ने मालुङ्गा गए कुष्ठरोग सर्छ भनेर बाटो हिँड्नसमेत बटुवा डराउँथे । टुनिबोट बाइसे चौबिसे राज्यका बेलामा नुवाकोटका राजाले पाल्पा आक्रमणका लागि १९५२ बाट हातहतियार राख्न प्रयोग गरिएको ठाउँसमेत हो । हातहतियार राख्न प्रयोग गरेको १२० मिटर लामो इँटा र माटोले बनाएको दरबारलाई श्री ३ महाराज खड्गशमशेरले १९९७ सालमा नेपालभरका ४२२ कुष्ठरोगीलाई उपचार गर्न यही ठाउँको प्रयोग गर्नुभएको थियो । लामो समय कुष्ठरोगी बस्ने स्थान मालुङ्गा टुनिबोट अहिले अस्पतालमा रूपान्तरण भएको छ । यहाँ बिरामीले प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा पाउने गर्छन् । अहिले सरकारले सर्वसाधारणका लागि सुविधा सम्पन्न १५ बेडको स्वास्थ्य
अर्थमन्त्री डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउनुभएको छ ।
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा निर्माण हुँदै गरेको बाँधस्थलमा निर्माण कार्य गरिँदै ।
नेकपा (एमाले)का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
राजनीतिज्ञ, वरिष्ठ प्रशासक, व्यवस्थापनविद् एवं न्याय क्षेत्रका अगुवाहरूले नेपाली समाजलाई अनुसन्धानात्मक र स्तरीय विचार र चिन्तनका माध्यमबाट अझ परिष्कृत बनाउनुपर्ने बताउनुभएको छ।
अपांगता भएका व्यक्तिका लागि विपदजन्य प्रकोप व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
पोखरामा शनिबार र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरेको हो।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षाममन्त्री खड्काले सम्हाल्ने गरी तोक्नु भएको हो।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिपीको कोइरालाको विचारलाई मूर्ति झैँ पूजा गर्नेकुरा बिपीमाथिको ठूलो अन्याय भएको बताउनुभएको छ।