बुटवलबाट विगत छ महिनायता सानाठूला गरी एक हजार व्यवसायी पलायन भएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घले विगत छ महिनामा २५ हजार व्यवसायी बुटवलबाट पलायन भएका र तिनमा सानाठूला गरी करिब एक हजार व्यवसायीसमेत रहेका जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले समग्र विद्युत् चुहावट १२ दशमलव ५९ प्रतिशतमा झारेको छ । गत असारसम्ममा यस्तो चुहावट १५ दशमलव ३८ प्रतिशत थियो । माघसम्म प्रसारणतर्फको ४ दशमलव ६० प्रतिशत र वितरणतर्फको विद्युत् चुहावट ७ दशमलव ९९ प्रतिशतमा सीमित भएको प्राधिकरणले जनाएको हो ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ११ रुपियाँ बढाएको छ । डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो ।
ट्याक्टर चालक अनुमतिपत्र (लाइसेन्स)मा कार र मोटरसाइकल थप गर्ने पर्साका पारस साह तुराहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आर्थिक लेनदेन गरी नक्कली लाइसेन्स प्रयोग गरेको पाइएपछि तुराहलाई पक्राउ गरेको जनाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार तुराहको शरीर खानतलासी गर्दा नक्कली लाइसेन्स फेलापरेको थियो ।
सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुनुभएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकार गरे पनि मुद्दालाई समय तोकेर अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको हो । अदालतको आदेशसँगै मनाङेको प्रदेश सभा सदस्यको पदको न्यायिक परीक्षण हुने निश्चित भएको छ । पदीय हैसियत धरापमा परेको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा लिनुपर्ने श्रम स्वीकृतिको दुई वर्षे प्रावधान हटाएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन जापानका सम्राट नारुहित्तोको ६३ औं शुभ जन्मोत्सवका अवसरमा नेपालका लागि जापानी राजदूत किकुता युताकाले आयोजना गर्नुभएको स्वागत समारोहमा उपस्थित हुनुभयो ।
चट्याङ लाग्दा पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा दुई जना घाइते भएका छन्।
निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएका विद्यार्थीको नाम मतदाता सूचीबाट हटाउन माग गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको हो।
गुल्मीबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार हजार बढी विद्यार्थी सहभागी हुनेभएका छन् । चैत १७ गतेदेखि सुरु हुन लागेको एसईई परीक्षामा जिल्लाका १४० वटा विद्यालयका चार हजार ७२२ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका इकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो।
नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भएर फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरण सुधारका लागि एक सय शृङ्खलाबाट पाँचवटा महत्वपूर्ण घोषणा गरेको छ । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्धन एवं नियमित सरसफाई अभियान एक सय शृङ्खलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गर्नुभएको हो ।
कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो ।
धुलिखेल–दोलखा अस्पतालद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रम अन्तर्गत साखिने आधारभूत विद्यालयका ५५ विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।