हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । साथै नेपालमा हाल भारतको पञ्जाब र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
देब्रे खुट्टाको सानो फोका फुटेर घाउ भएको थियो । चप्पल फित्ता अडिने ठाउँमा समस्या भए पछि हिँडडुल गर्न असहज भयो । स्थानीय मेडिकलमा उपचार गर्दा निको भएन । घाउ बढ्ने र धेरै चिलाउन लाग्यो । समस्या बल्झिँदै गए पछि कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवा की ५५ वर्षीया उषा सुनार थप उपचार गराउन बुटवल पुग्नु भएको थियो ।
प्रतिनिधि सभाका सांसद डा.स्वर्णिम वाग्लेले नेपाली सेनाको गरिमामा आँच आउने काम कहिँकतैबाट कसैले गर्न नहुने बताउनु भएको छ ।
पश्चिम तराईवासी थारू समुदायमा अट्वारी पर्व मनाइँदै छ। निराहार व्रत बसेर आइतबार र सोमबार दुई दिनसम्म यो पर्व मनाउन लागिएको हो। पश्चिम कञ्चनपुरदेखि दाङसम्म धुमधामसँग यो पर्व मनाउने गरिन्छ। अन्य महिलाले तिज मनाउँदै गर्दा थारू समुदायका महिलाले सो पर्व मनाउँदै आएका छन्। मध्यरातमा दर खाएपछि पर्वको पहिलो दिन आइतबार आधा दिनसम्म निराहार व्रत बस्ने चलन रहेको छ। व्रतालुहरूले दिउँसोतिर पूजाआजा गरेर मात्र जल ग्रहणका साथै अन्डीको रोटी, फलफूल, दुध खाने चलन रहेको छ।
कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी पिउने गरेकामा कर्णाली प्रदेशवासी ३.५ प्रतिशतले मात्रै शुद्ध पानी पिउने गरेको पाइएको हो। ९६.५ प्रतिशत कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन नेपाल देशीय अधिकृत डा. सुदनराज पन्थीले कर्णालीवासीले ९६.५ प्रतिशत दूषित पानी पिउने गरेको बताउनुभयो। दूषितपानी भन्नाले दिसाजन्य कोलिफर्मलगायतका खान नहुने वस्तुहरू रहेको उहाँले जनाउनुभयो।
कर्णाली प्रदेशका हिमाली जिल्लामा सडक कालोपत्रेका लागि बजेट विनियोजन गरिएको छैन। हिमाली जिल्ला हुम्ला, मुगु र डोल्पामा सडकको स्तरोन्नतिसमेत हुन सकेको छैन। राष्ट्रिय सडक सञ्जालसँग जोडिन बाँकी हुम्लामा आन्तरिक रूपमा यातायातका साधन सञ्चालन भइरहेका छन्।
बैतडी जिल्लामा पछिल्लो समय बाघ (चितुवा), भालु, बाँदर र जङ्गली बँदेलका कारण खेतीपातीको माया मारेर ज्यान जोगाउन समस्या हुन थालेको छ। चितुवा र बँदेलको आक्रमणमा परी बैतडीमा २६ जनाको मृत्यु भइसकेको छ भने १३ जना घाइते भएका छन्। पञ्चेश्वरमा चितुवाको आक्रमणमा परेर बिहीबार १७ वर्षीय पूजा लोहार गम्भीर घाइते भएको घटना सेलाउन नपाउँदै मेलौली नगरपालिका–३ मा ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते हुनुभएको छ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, बुढीनन्दा र स्वामिकार्तिकमा उत्पादन गरिएको स्याउ अहिले बारीमै थन्किएको छ ।
रामारोशन भ्रमणमा आउँदै गरेका विभिन्न देशका ४० जना पर्यटक अन्योलमा परेका छन्। पर्यटकीय केन्द्र रामारोशनमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेकाले सोही कार्यक्रममा भाग लिन आउँदै गरेकाहरू अन्योलमा परेका हुन्। स्थानीय प्रशासनले सो सम्मेलनको आधिकारिकता खोजेपछि कार्यक्रम हुने नहुनेमा पनि अन्योलत सिर्जना भएको छ। रामारोशनमा गर्ने भनिएको कार्यक्रम आयोजक, सहभागी र समयका बारेमा प्रस्ट नखुलेको बताइएको छ। स्थानीय प्रशासनले विभिन्न देशबाट आएकाहरूलाई अछाम प्रवेश नाका रोकिदिएको छ। कार्यक्रम गर्नुअगाडि नै स्थान, सहभागी सङ्ख्या, देश, समय अवधिका बारेमा नखुलेका कारण यस्तो समस्या देखिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।
निर्वाचनपश्चात् विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्यसमेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्त्वपूर्ण कानुन बन्न सकेको छैन ।
पछिल्लो समय बाँकेमा बालबालिकामा स्क्रबटाइफस र डेङ्गु रोग पनि देखिन थालेको छ। बालबालिकामा एन्फ्लुएन्जासँगै स्क्रबटाइफस र डेङ्गु रोग पनि पनि देखिन थालेको चिकित्सकले जनाएका छन्। भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले हाल आएर भेरी अस्पतालमा आउने बिरामीमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढ्न थालेको बताउनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मध्य पहाडी लोकमार्ग अन्तर्गत भेरी नदीमा पुल बन्ने बताउनु भएको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका पर्यटकीय स्थल भएको सुन्दर स्थान हो। यहाँ कृषिको राम्रो सम्भावना रहेको छ। गाउँपालिकाले कृषिमा पनि पशुपालनलाई प्राथमिकता दिएर अगाडि बढाएको छ। जसबाट स्थानीयले राम्रो आम्दानी गर्न सफल भएका छन्। स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामपछि गठन भएको मालारानी गाउँ सभाको अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ । यस गाउँपालिकामा भएका विकासका गतिविधिबारे पालिका अध्यक्ष दलबहादुर भट्टराईसँग गोरखापत्रकर्मी गणेश खनालले गरेको कुराकानी :
गुल्मीमा पाँच महिनाअघि निर्माण सकिएको पार्क अझै हस्तान्तरण हुन सकेको छैन। निर्माण व्यवसायीले भुक्तानी नपाउँदा पार्क हस्तान्तरण हुन सकेको छैन। गुल्मीको रेसुङ्गालाई पर्यटकीय क्षेत्रका रूपमा थप टेवा पुग्ने भन्दै गडजुरामा पाँच करोड ५९ लाख रुपियाँको लागतमा रेसुङ्गा पार्क निर्माण गरिएको हो। ८३ रोपनी क्षेत्रफलमा फैलिएको पार्क निर्माणको सम्झौता २०७८ साल कात्तिकमा रेसुङ्गा नगरपालिका र धुलिखेल अर्जुन न्यु लिजा जेभीबिच भएको थियो। विसं २०७९ चैतमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। निर्माण व्यवसायीले सम्झौताअघि नै निर्माण सके पनि पूरै भुक्तानी नपाएकाले हस्तान्तरण हुन नसकेको हो ।