साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक मार्ग अम्कोटको गाउँमै पुगेपछि त्यहाँका स्थानीयवासीमा खुसीसँगै चिन्ता बढेको छ। अम्कोटवासीलाई राजमार्गदेखि झन्डै एक किलोमिटर भारी बोकेर घरमै पुग्न यो वैकिल्पक मार्गले केही सहज भए पनि एक्साभेटरले सडक खन्दा कतै गाउँमै पहिरो लाग्ने हो कि भन्ने डरसमेत बढेको छ।
धनगढी उपमहानगरपालिका–१०, घुइयाघाटका ७० वर्षीय सालिकराम रानाको विवाह बुवाले मगनी गरिदिएकी सिट्ठादेवी रानासँग भएको थियो। भारतको मसानखामकी सिट्ठादेवीलाई लिन जन्ती लिएर जाँदा अर्को देश पुगेको अनुभूति सालिकरामलाई भएकै थिएन। उहाँले भन्नुभयो, “आवतजावत निर्बाध थियो। फरक देशमा पुगेको छुजस्तै लागेन। त्यसैले विवाह सम्बन्ध एकअर्को गाउँबीच भएजस्तो लाग्ने गर्दथ्यो।” घुइयाघाटकै रामकिसन रानाको विवाह पनि भारतस्थित सरियापाराकी रामप्यारी रानासँग भएको हो। सानैमा मगनी भए पनि विवाह २०४१ सालमा भएको थियो। रामकिसनले भन्नुभयो, “त्यतिबेला यता वनजङ्गल पनि थियो। नदीनालामा माछा प्रशस्तै पाइन्थ्यो। वनजङ्गलमा काठ, दाउरा र नदीमा माछा पाइने गरेका कारण उनी दुलही बनेर आउन सजिलै तयार भइन्।”
पोखरामा माघ १ गते भएको जहाज दुर्घटनाले यात्रुको सङ्ख्या एकाएक घट्न पुग्यो । कतिपय उडान यात्रुविहीन पनि भए । उक्त दुर्घटनालगत्तै काठमाडौँ–पोखरालगायतको हवाई उडान निकै सुस्तायो । जहाज चढ्नु हुँदैन भन्ने मनोवैज्ञानिक त्रासका कारण हवाई यात्रा गर्ने यात्रुको खडेरी नै भयो तर आजभोलि यात्रुको चाप बढ्न थालेको विमान सञ्चालकहरू बताउँछन् ।
कोरोना महामारीका बेला स्थापना गरिएको ‘कोभिड ल्याब’ प्रयोगहीन बनेको छ । करिब डेढ करोड रुपियाँ खर्च गरेर तानसेनको धोबीधारामा स्थापना गरिएको कोभिड ल्याब हाल आएर प्रयोगहीन अवस्थामा पुगेको हो । नेपाल सरकारले २०७७ साल असोजमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालन गरेको थियो । हाल आएर यो ल्याब सञ्चालन हुन नसकेको पाल्पा अस्पतालले जनाएको छ ।
गुल्मी थोर्गाका चोलानाथ ज्ञवालीको दैनिकी गुड बनाउँदैमा बित्ने गर्छ । ज्ञवालीको रुरु क्षेत्र गाउँपालिका–३ मा थोर्गेली चोलानाथ गुड उद्योग सञ्चालित छ । २०७४ सालमा गुड उद्योग सञ्चालन गर्नु भएका ज्ञवालीले ५० रोपनी क्षेत्रफलमा उखु खेती गर्नुभएको छ । ५४ वर्षीय ज्ञवाली बिहान झिसमिसे देखि बेलुका अबेर सम्म उखुको स्याहार देखि खुदो, गुड बनाउन व्यस्त हुनुहुन्छ ।
स्थानीय तहले पछिल्लो समय धमाधम एम्बुलेन्स र शववाहन खरिद गर्न थालेका छन्। स्थानीय आवश्यकतालाई ध्यानमा राखेर एम्बुलेन्स र शववाहन खरिद गरिएको जनप्रतिनिधि बताउँछन्। पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष खड्क विकका अनुसार पालिकाले थप अर्को एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको छ। गर्भवती तथा सुत्केरी महिलाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने गरेको छ।
कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ। प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको छ। तला थप गर्नका लागि प्रदेश सरकारले करिब डेढ अर्ब बजेट र आगामी तीन वर्षमा निर्माण गरिसक्ने गरी काम अघि बढाउन लागिएको निर्देशक डा. खड्काले जानकारी दिनुभयो।
सरकारको नियमित कार्यक्रमअन्तर्गत देशैभर कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप इलाममा चैत्त ३ गतेबाट दिइने भएको हो ।
सुर्खेत जिल्ला प्रशासन कार्यालयको आफ्नै आधुनिक भवन निर्माण भएको छ। मङ्गलबार गृहसचिव विनोदप्रकाश सिंहले प्रशासनको नयाँ आधुनिक भवनको उद्घाटन गर्नुभयो। गृहसचिव सिंहले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा दिन सहज र गुणस्तरीय हुने बताउनुभयो। उहाँले जसरी भवन निर्माणको काम तोकिएको अवधिभन्दा छिटो भयो, त्यसैगरी सेवाग्राहीलाई पनि छिटो सेवा प्रदान गरेर सरकारी कार्यालयप्रति थप विश्वास जगाउनुपर्ने सुझाव दिनुभयो।
नारायण नगरपालिकाको मुख्य सडक क्षेत्र निर्माणमा ढिलाइ भएको छ। पुरानो बजारदेखि गणेश चोकसम्म मुख्य सडक क्षेत्रमा नालासहित सडक स्तरोन्नति गर्न ढिलाइ हुँदा पैदल यात्रुलाई समेत समस्या भएको छ। कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिने गरी नगरपालिकाले एक करोड १२ लाख बजेट विनियोजन गरेको थियो। सो कामको ठेक्का एसआरपी ग्रुप कन्स्ट्रक्सनले पाएको थियो। सो कम्पनीले मुख्य बजार क्षेत्र पुरानो बजार, देवकोटा चोक हुँदै गणेश चोक जाने सडकका विभिन्न ठाउँमा भत्काएर अलपत्र पारेको छ। सडक निर्माण अलपत्र पर्दा मुख्य बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। पैदल यात्रुलाई आवतजावतमा समस्या परेको बताइन्छ। नाला भत्काइँदा दुर्गन्ध, धुलो, धुवाँले समेत स्थानीय पीडित छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोभिडले थलिएको पर्यटन उद्योगको विकास, विस्तार र प्रवद्र्धनका लागि विविधीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संयुक्त राष्ट्र सङ्घ विश्व पर्यटन सङ्गठन र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले प्रदान गर्ने सेवा प्रवाह सरल तथा सहज तवरले प्राप्त गर्नु जनताको अधिकार हो। यसबाहेक जनताका विभिन्न अपेक्षा पनि हुन्छन्। वास्तविकताको कसौटीमा विश्लेषण गरिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गर्नु भएजस्तै जनअपेक्षा तथा कर्मचारी प्रशासनबीच ठूलो खाडल रहेको विषय वास्तविक तथा यथार्थपूर्ण रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई मङ्गलबार राजधानीमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डका यी महत्त्वपूर्ण अभिव्यक्तिले कर्मचारी प्रशासनमा विद्यमान अनेकन समस्या र तिनको समाधानका निम्ति विलम्ब गरिन नहुने प्रस्ट विचार मान्न सकिन्छ। समुच्चा रूपमा यी समस्याको समाधान यथासम्भव शीघ्र रूपमा हुनु पनि त्यत्तिकै जरुरी छ।
नेपालको समसामयिक राजनीति बदलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेकपा एमालेलाई समर्थन गर्न नसक्ने अडानपछि सत्ता समीकरण भत्कियो। परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम अवस्थामा रोकिएपछि नेकपा एमाले सरकारबाट बाहिरियो। आन्तरिक राजनीतिको रस्साकस्सी कूटनीतिक क्षेत्रमा देखियो। सत्ताबाट बाहिरिने वित्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सन्दर्भमा चिन्तित हुँदै सार्वजनिक मन्तव्यमार्फत मुस्ताङमा विश्वविद्यालय निर्माणको अनुमति दिनुभित्रको रहस्य के हो भनेर प्रश्न उठाउनुभयो। तुरुन्तै सरकारले वक्तव्यमार्फत यसको खण्डन ग-यो।
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले आज संयुक्त अरव इमिरेट्स (युएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
करिब ६ वर्षको सकसपछि प्रदेश नम्बर १ ले नाम जुराएको छ–कोशी। नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले हिम्मत गरेर प्रदेशको न्वारान गराउनुभएको छ। प्रदेश सभाका ९३ मध्ये ८२ सांसदको समर्थनमा ‘कोशी’ नामकरण भएकोमा खुसीयाली बिदा पनि मनाइएको छ। राजधानीको विषय यसअघि नै टुङ्गिसकेको छ। २३ वैशाख २०७६ मा नै प्रदेशको राजधानी विराटनगर भइसकेको छ। नामकरणको विषयमा पहिचानवादीको असन्तुष्टि भने कायम छ। आन्दोलन चर्किएको छ।