लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले रोग नियन्त्रण र उन्मूलनका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
बाल विकास समाजले हरेक वर्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत एसईई पास गर्ने बालबालिकाहरुलाई सम्मानित गरेको छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधाम लगायत मधेश प्रदेशको विकासमा सरोकारवाला निकायलाई आपसी खिचातानी नगरी समझदारीमा सक्रिय भएर लाग्न अनुरोध गर्नुभएको छ ।
खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् ।
डाक्टर कुटपिटको विरोधमा नेपाल चिकित्सक सङ्घको आह्वानमा चिकित्सकहरूले आइतबार देशैभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेका छन् । जसका कारण बिरामी अलपत्र परेका छन् ।
दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि काठमाडौंका एमेच्योर गल्फर श्याम तामाङले जित्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्न समिति गठन गरेको छ ।
नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताउनुभएको छ ।
पूर्वी लिबियाको बाढीबाट बढी प्रभावित शहर डेरनामा संयुक्त राष्ट्रसङ्घले सहयोग गर्ने भएको छ । सो क्षेत्रको भ्रमणपछि लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले यस्तो बताउनुभएको हो ।
१५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य देवरात को विमोचन गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताउनुभएको हो ।
नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको हो ।
पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिले कै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नु भएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौ र फेरी पनि भन्छौ जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो ।